Headlines

समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न “विप्लवले गरे विघटनको प्रस्ताव”

समाजवादी मोर्चाको औचित्यमाथि गम्भीर प्रश्न उठ्दै संयोजक नेत्रविक्रम चन्दले मोर्चा विघटनको प्रस्ताव राखेका छन्। सातै प्रदेशमा सरकारविरुद्ध खबरदारी कार्यक्रम

समाजवादी मोर्चाको औचित्यमाथि गम्भीर प्रश्न उठ्दै संयोजक नेत्रविक्रम चन्दले मोर्चा विघटनको प्रस्ताव राखेका छन्। सातै प्रदेशमा सरकारविरुद्ध खबरदारी कार्यक्रम

साउन १४, २०८२।

काठमाडौं – माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य वामपन्थी शक्तिहरू मिलेर गठन गरिएको समाजवादी मोर्चाको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ। मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले मोर्चा निष्क्रिय भएको भन्दै विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

चन्दले मंगलवार एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा मोर्चाले घोषित उद्देश्यअनुसार काम गर्न नसकेको बताउँदै यसको औचित्य हराएको भन्दै विघटनको औपचारिक प्रस्ताव राखेका हुन्।

मोर्चा निष्क्रिय भयो, उद्देश्य अनुसार अघि बढ्न सकेन। त्यसैले विघटन गरेर आवश्यकता अनुसार फेरि गठन गरौं,” नेत्रविक्रम चन्द।

बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको विगत समीक्षा गर्दै भविष्यमा सशक्त कार्यक्रममार्फत अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

दाहाल र नेपाल दुवैले चैत १५ मा गणतन्त्रको पक्षमा गरिएको भव्य कार्यक्रमको उदाहरण दिँदै मोर्चाले अझ बलियो ढंगले जनताका मुद्दामा काम गर्नुपर्ने बताएका छन्।

मोर्चाको सचिवालय बैठकले सातै प्रदेशमा सरकारको विरुद्ध खबरदारी कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै जनसरोकारका विषयमा संघर्ष र जनचासोमा आधारित अभियानहरू सञ्चालन गर्ने बताइएको छ।

समाजवादी उपाध्यक्ष प्रमेश हमालले भने,अब मोर्चा जनसरोकारका विषयमा केन्द्रित भएर समाजवादी आन्दोलनलाई अघि बढाउने निर्णय भएको छ। निष्क्रियता औचित्यविहीन हुन्छ।

बैठकमा औपचारिक रूपमा मोर्चा विघटनको निर्णय भने नभएको जनाइएको छ। तर संयोजक चन्दको प्रस्तावले मोर्चा भित्र नयाँ बहस र पुनर्संरचनाको बाटो खोल्ने संकेत दिएको छ। मोर्चाले सरकारको भ्रष्टाचार, महँगी, र विधेयक संसदमा जबर्जस्ती पारित गर्ने प्रवृत्तिको विरोधमा राष्ट्रियस्तरमा आन्दोलन गर्ने संकेतसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *