संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै निजी क्षेत्रको तीव्र विरोध

सीडीएससी आइजिन विवाद, संस्थापक सेयर, सर्वसाधारण सेयर, IPO नेपाल, इप्पान विरोध, CDSC guideline, नेपाली पुँजी बजार

साउन १९, २०८२।

काठमाडौं – नेपालको पुँजी बजारमा एउटा बहस सुरु भएको छ।सेयरको ‘आइजिन नम्बर’ सम्बन्धी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले ‘संस्थापक’ र ‘सर्वसाधारण’ सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (ISIN) दिने प्रस्ताव गरेपछि निजी क्षेत्रका संघसंस्थाहरूले कडा विरोध गरेका छन्।

यो प्रस्ताव अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN), नेपाल चेम्बर अफ कमर्सलगायत संघसंस्थाहरूले अर्थमन्त्रीदेखि संसद्को अर्थ समितिसम्म ध्यानाकर्षण गराएका छन्।

सीडीएससीको प्रस्तावले करीब १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको संस्थापक सेयर बन्धक बन्ने र त्यसले लगानीको वातावरणमा असहजता ल्याउने इप्पानको दाबी छ।

सीडीएससीको दाबी अनुसार, प्रस्तावित व्यवस्था कार्यान्वयन भएपछि सेयर बजारका विकृति, तथ्यांक अभिलेखीकरण, र पारदर्शितामा सुधार हुने अपेक्षा गरिएको छ। तर, निजी क्षेत्र भने यो कदमले लगानीमैत्री वातावरणलाई नै क्षति पुर्‍याउने भन्दै आक्रोशित छ।

इन्डियन, बंगलादेशी, श्रीलंकाली र अन्य दक्षिण एसियाली बजारहरूमा एउटै आइजिन नम्बरमार्फत संस्थापक र सर्वसाधारण सेयर कारोबार हुन्छ। भारतमा संस्थापक सेयरमा लकइन अवधि भए तापनि एउटै आइजिन प्रयोग हुन्छ। अमेरिकी बजारमा त आइजिन नै प्रयोग हुँदैन, बरु CUSIP नम्बर चलनमा छ।

नेपालमा सीडीएससीले प्रस्ताव गरेको छुट्टाछुट्टै आइजिन प्रणालीले संस्थापक सेयरहरू स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था ल्याउने देखिन्छ, जसले दीर्घकालीन रूपमा बजारमा अनिश्चितता र असुरक्षा निम्त्याउने निजी क्षेत्रको तर्क छ।

इप्पानका उपाध्यक्ष उत्तमकुमार भ्लोनका अनुसार, यो व्यवस्थाले जलविद्युत्, सिमेन्ट, मिडिया, होटल लगायत ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्नेछ। साथै, ४७ जलविद्युत् आयोजना र ३७ नयाँ कम्पनीहरूको लगानी समेत प्रभावित हुने सम्भावना रहेको उनले बताए।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले यो निर्देशिका लगानीकर्ताको हित विपरीत रहेको बताएका छन्। उनले भने, पुँजी बजार अझै परिपक्व नभएको अवस्थामा यस्तो परिवर्तनले लगानीको वातावरणमा अन्योलता ल्याउँछ।

सीडीएससीकी प्रबन्ध सञ्चालक प्रविन पन्दाकका अनुसार यो निर्देशनाले सेयर बजारमा पारदर्शिता ल्याउनेछ र सेयरधनीहरूको वर्गीकरण, तथ्यांक संकलन र प्रणाली व्यवस्थापनमा सहजता ल्याउनेछ। लकइन अवधिमा संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने समस्या समाधान गर्न यो व्यवस्था ल्याइएको उनको भनाइ छ।

नेपाल स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले भने, यदि यो व्यवस्था ३ वर्षका लागि मात्र हो र त्यसपछि संस्थापक सेयर सामान्य प्रक्रियाबाट सर्वसाधारणमा परिणत हुनसक्ने हो भने आत्तिनुपर्ने अवस्था छैन।

सीडीएससीले ल्याउन लागेको दोहोरो आइजिन प्रणाली एकातिर प्रणाली सुधारको दाबी गर्दै अघि बढिरहेको छ भने अर्कोतिर निजी क्षेत्रले यसलाई लगानीको माहोल बिगार्ने खतरनाक संकेतको रूपमा लिएको छ। अब यो प्रस्ताव लागू गर्ने कि नगर्ने भन्ने निर्णय धितोपत्र बोर्ड (SEBON) को हातमा छ, जसले निर्देशिकाको अन्तिम निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

नेप्से पुनःसंरचना, नेपाल स्टक एक्सचेन्ज सुधार, उच्चस्तरीय समिति, शेयर बजार सुधार, सरकारको निर्णय, Prakashjung KC committee, Nepse restructuring

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित उच्चस्तरीय पुनःसंरचना समिति गठन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सेयर बजारको दीर्घकालीन सुधार, प्राविधिक सुदृढीकरण तथा संस्थागत पुनःसंरचना आवश्यक भएको निष्कर्ष निकाल्दै प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको हो।

बैठकले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी माग, बजार विस्तार, दक्षता अभिवृद्धि तथा नियमन र व्यवस्थापन मोडेल फेरबदलका विषयमा अब आधिकारिक रूपमा अध्ययन अघि बढाइने जनाएको छ।

सरकारका अनुसार, नवगठित समितिले यी मुख्य विषयमा अध्ययन प्रतिवेदन पेश गर्नेछ।

नेप्सेको संस्थागत स्वरूप र सञ्चालन क्षमता

वर्तमान सरकारी स्वामित्व मोडेल परिवर्तनको आवश्यकता

शेयर बजारको समग्र शासन प्रणाली

अन्तर्राष्ट्रिय अभ्यासअनुसार आधुनिक संरचना निर्माणको सम्भाव्यता

प्राविधिक र व्यवस्थापकीय प्रणाली सुधारका उपाय

अर्थ मन्त्रालयका अनुसार, पुनःसंरचना प्रक्रियाले बजारको पारदर्शिता, सुरक्षा र प्रतिस्पर्धात्मकता बढाई सेयर व्यवसाय, लगानीकर्ता सुरक्षा र बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समिति अध्ययन प्रतिवेदन तयार भएपछि सरकारले आगामी नीतिगत तथा संरचनागत निर्णय लिने बताइएको छ।