Headlines

श्रम संसार नागरिक एपमा जोडीयो

श्रम संसार, नागरिक एप, रोजगारी नेपाल, वैदेशिक रोजगारी, आन्तरिक रोजगारी, श्रम मन्त्रालय नेपाल, रोजगार सूचना, श्रमिक एप, म्यानपावर कम्पनी नेपाल, बेरोजगार नेपाली, सरकारी रोजगार एप, नेपाली श्रमिक, श्रमिकका लागि एप, रोजगारी पोर्टल नेपाल, श्रम संसार एप डाउनलोड साउन १३, २०८२।
श्रम संसार, नागरिक एप, रोजगारी नेपाल, वैदेशिक रोजगारी, आन्तरिक रोजगारी, श्रम मन्त्रालय नेपाल, रोजगार सूचना, श्रमिक एप, म्यानपावर कम्पनी नेपाल, बेरोजगार नेपाली, सरकारी रोजगार एप, नेपाली श्रमिक, श्रमिकका लागि एप, रोजगारी पोर्टल नेपाल, श्रम संसार एप डाउनलोड
साउन १३, २०८२।

काठमाडौं – अब आन्तरिक र वैदेशिक रोजगारीको खोजी गर्न ‘श्रम संसार’ पोर्टल नागरिक एपमार्फत प्रयोग गर्न सकिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार ‘श्रम संसार’लाई नागरिक एपमा औपचारिक रूपमा समावेश गरेको छ।

यसबाट नेपालभित्र तथा विदेशमा पाइने रोजगारीका अवसरहरू श्रमिकहरूका लागि सजिलै उपलब्ध हुने भएका छन्। अब एपबाटै म्यानपावर कम्पनीहरूसँग सम्पर्क गर्न र आन्तरिक रोजगारदाता तथा विज्ञापन हेर्न सकिनेछ।

रोजगारदाता–श्रमिकबीचको खाडल हटाउने प्रयास
श्रममन्त्री शरतसिंह भण्डारीले उद्घाटन समारोहमा ‘श्रम संसार’ पोर्टल रोजगारदाता र श्रमिकबीचको खाडल हटाउने उद्देश्यसहित ल्याइएको बताए। नेपालमा श्रमिकले रोजगारदाता भेट्दैन, रोजगारदाताले पनि श्रमिक सजिलै भेट्दैनन्। अब त्यो खाडल हटाइएको छ, उनले भने।

उनका अनुसार अब सबै रोजगारदाताले श्रम संसार पोर्टलमा आवश्यक पदको विज्ञापन राख्न अनिवार्य हुनेछ। त्यहाँ कामको विवरण, तलब, आवश्यक योग्यता स्पष्ट उल्लेख गर्नुपर्नेछ र त्यसको सरकारी अनुगमन हुनेछ।

अवैध एजेन्टको अन्त्यतर्फ प्रविधिमार्फत कदम
विदेशी रोजगारको सन्दर्भमा भण्डारीले भने,अब अवैध एजेन्टको जरुरत पर्दैन। कुन म्यानपावर कम्पनीले कुन देशका लागि कस्तो श्रमिक चाहिएको हो भन्ने विवरण एपमै हुन्छ। त्यसका लागि श्रमिकले एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

उनले एप प्रयोग गर्न सहज रहेको बताउँदै भने, सामाजिक सञ्जाल चलाउन सक्ने श्रमिकले यो एप पनि सजिलै चलाउन सक्छन्।

श्रम संसार, नागरिक एप, रोजगारी नेपाल, वैदेशिक रोजगारी, आन्तरिक रोजगारी, श्रम मन्त्रालय नेपाल, रोजगार सूचना, श्रमिक एप, म्यानपावर कम्पनी नेपाल, बेरोजगार नेपाली, सरकारी रोजगार एप, नेपाली श्रमिक,
श्रम संसार एप र नागरिक एपबिच समझदारी

श्रम मन्त्रालयका अनुसार देशभरका स्थानीय तहमा सूचीकृत बेरोजगार युवाको संख्या ७ लाख ५७ हजार ७२५ छ। तीमध्ये ४ लाख ४९ हजार ३८७ महिला छन्। उनीहरू प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध छन्, तर सबैलाई रोजगारी उपलब्ध गराउने स्थिति छैन।

‘श्रम संसार’ले यिनै बेरोजगार युवालाई रोजगारी खोज्न र रोजगारदातासँग सिधा सम्पर्क गर्न सहयोग पुर्‍याउने विश्वास मन्त्रालयले लिएको छ।

यो पोर्टल सन् २०२३ मा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो। त्यसपछि कोशी प्रदेशका सबै १३७ पालिकामा विस्तार गरिएको छ। हालसम्म देशभरका ७५३ वटै पालिका यो प्रणालीमा आबद्ध भइसकेका छन्।

श्रम मन्त्रालयले यसका लागि स्वीस विकास संस्था ‘स्वीस कन्ट्याक्ट’सँग साझेदारी गरेको हो।
श्रम मन्त्रालयको दाबीअनुसार ‘श्रम संसार’ पोर्टलले नेपालमा पहिलोपटक सबै सरोकारवालालाई एकै डिजिटल प्रणालीमा जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *