विश्व चर्चित क्लब रियल मड्रिड खेलाडीलाई प्रधानमन्त्रीको वलीले भेट्ने,स्टर्नबाजि कि कुटनीतिक ?
असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण अब केवल परम्परागत कूटनीतिक भेटघाटमा मात्रै सीमित नहुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुदको शक्तिकेन्द्र मानिने रियल मड्रिड क्लबसँगको सम्पर्कले नेपाली कूटनीतिक यात्रालाई फरक मोड दिने संकेत दिएको छ।
शनिबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले असार १९ गते रियल मड्रिड क्लबका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने र क्लबको ऐतिहासिक घरेलु मैदान सान्टियागो बर्नबाउको अवलोकन गर्ने घोषणा गर्ने बताएको छ ।
यो योजना केवल फुटबल प्रेमी नेपालीका लागि मात्रै उत्साहजनक समाचार होइन नेपालको कूटनीतिक पहिचानमा खेलकुदको सशक्त प्रयोग पनि हो।
रियल मड्रिड विश्वको सबैभन्दा सफल फुटबल क्लबहरूमध्ये एक हो। सन् १९०२ मा स्थापना भएको यो क्लबले हालसम्म १४ पटक युएफा च्याम्पियन्स लिग जितिसकेको छ।
यस्तो संस्थासँग नेपालको प्रधानमन्त्रीको भेट केवल भावनात्मक र उत्सुकतामा सीमित नहोस् भन्ने राजनीतिक विश्लेषकहरू बताउँछन्।
अर्कोतिर कूटनीति र खेलकुदलाई जोड्ने यस्ता घटनाहरूले द्विपक्षीय सम्बन्धमा नयाँ ढोका खोल्न सक्छन्। प्रधानमन्त्री ओलीको भ्रमणले नेपालको छवि उचो बनाउने र भविष्यमा यस्ता संस्थासँग सहकार्यको सम्भावना पनि बढाउने विश्लेषण पनि भइरहेको छ।
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण नेपाल–स्पेन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो।
वली स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटघाट गर्ने कार्यक्रमका साथै व्यापारिक र सांस्कृतिक साझेदारीबारे छलफल गर्नुपर्ने कार्यसूचीसहित स्पेन जान लागेका हुन्।
तर भ्रमणको अन्तिम दिन खेलकुदको विश्व आइकनसँग सम्पर्क राख्ने निर्णयले यो भ्रमणको बारेमा चर्च चुलिएको छ ।
स्रोतका अनुसार, नेपाली टोलीले रियल मड्रिडसँग सम्भावित युवा खेलाडीसंग कार्यक्रम, प्रशिक्षण, र फुटबल विकाससम्बन्धी सहयोगबारे पनि औपचारिक प्रस्ताव राख्न सक्छ।
बर्नबाउ रंगशाला फुटबलप्रेमीहरूका लागि मन्दिर जस्तै हो। यहाँ क्रिस्टियानो रोनाल्डोदेखि डेविड बेकह्यामसम्मका स्टार खेलाडीहरूले इतिहास बनाएका छन्।
प्रधानमन्त्री ओलीको त्यहाँको अवलोकनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको खेल संरचनाको आवश्यकताबारे बहस चर्किने निश्चितजस्तै देखिन्छ।
भ्रमणको समय रियल मड्रिडको मुख्य टिम अमेरिका भ्रमणमा रहेकाले खेलाडी भेट संभव नहुने भए पनि क्लब प्रशासनसँग उच्चस्तरीय छलफल हुने जनाइएको छ।
नेपालमा फुटबल लोकप्रियता उच्च छ, तर संरचना, प्रशिक्षण र व्यवस्थापनमा अझै परनिर्भरता देखिन्छ। यस्ता अवस्थालाई ध्यानमा राख्दै यदि रियल मड्रिड क्लबसँग सहकार्यको बाटो खुलेमा नेपालमा क्लब–एकेडेमी मोडल, यु–१५ देखि यु–२१ प्रशिक्षण कार्यक्रम, र कोचिङ तालिमको अवसर विस्तार हुन सक्छ।
खेलकुद विश्लेषक लक्ष्मण थापाका अनुसार यदि नेपालको सरकार यो अवसरलाई रणनीतिक रुपमा प्रयोग गर्नसक्यो भने हामी एक दशकभित्रै अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धी बन्न सक्छौं।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा खेलकुद प्रयोग नयाँ होइन। चीनले ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत अफ्रिका र लाटिन अमेरिका राष्ट्रहरूमा प्रभाव बढाएको छ। भारतले आइपिएलका माध्यमबाट आफ्नो सॉफ़्ट पावर विश्वभर फैलाएको छ।
त्यसैगरी, नेपालको प्रधानमन्त्रीले एकजना खेलकुद अधिकारीसँग भेट गर्दै अन्तर्राष्ट्रिय कूटनीतिक पहिचान विस्तार गर्ने प्रयास गऱ्नु प्रगतिशील सोचको प्रतीक हो। यस्तो भेटले खेलकुदलाई केवल मनोरञ्जन नभई कूटनीतिक उपकरणको रूपमा प्रयोग गर्ने अभ्यासलाई समेत बल दिनेछ।
यद्यपि, प्रधानमन्त्रीको विदेश भ्रमण सधैं सकारात्मक टिप्पणी मात्र पाउने गरेका छैनन्। विगतमा वलीको भ्रमणहरूमा खर्च र फाइदाबारे उठेका प्रश्नहरूले यो भ्रमणमा पनि जनताको चासो झन् बढाएको छ।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन् – “के फुटबल क्लबसँगको भेट आवश्यक थियो?”
तर अर्कातर्फ धेरैले यसलाई नवीन सोचको अभ्यास भन्दै स्वागत गरेका पनि छन्।
रियल मड्रिड क्लबसँग प्रधानमन्त्रीको सम्पर्क र रंगशाला अवलोकन खासगरी नेपाली युवालाई प्रेरित गर्नेछ।
यदि रियल मड्रिड क्लबसँग नेपालले खेलकुद सहकार्यको ढोका खोल्न सफल भयो भने, यो केवल फुटबलमा सीमित नहुने सम्भावना छ। विश्वभर फैलिएको नेपाली डायस्पोराले पनि यसबाट थप आत्मविश्वास पाउनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण केवल राजनीतिक वा आर्थिक संवादको थलो रहेन। रियल मड्रिड क्लबसँगको सम्भावित भेटले यस भ्रमणलाई ऐतिहासिक बनाउन सक्छ।
नेपाल जस्तो विकासशील देशका लागि यस्तो कूटनीतिक अवसरहरू भविष्य निर्माणका ढोकाहरू हुन्। खेलकुद, कूटनीति र राष्ट्रिय पहिचानको त्रिकोणात्मक सम्बन्धमा यो भेटले नयाँ अध्याय सुरु गर्ने संकेत देखिएको छ।
यदि सरकार र सम्बन्धित निकायहरूले यो अवसरलाई रणनीतिक ढंगले उपयोग गर्न सके, रियल मड्रिड क्लबसँगको सम्पर्क नेपाल फुटबलको इतिहासमा एउटा मोड बन्न सक्छ।