Headlines

लुम्बिनीमा एक वर्षपछि युवा तथा खेलकुद मन्त्रीको नियुक्ति

लुम्बिनी खेलकुद मन्त्री, सन्तोषकुमार पाण्डे, लोसपा नेता, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, खेलकुद विकास समिति, लुम्बिनी राजनीति, लुम्बिनी खेल समाचार. सन्तोषकुमार पाण्डे सपथ लिदै साउन १३, २०८२।
लुम्बिनी खेलकुद मन्त्री, सन्तोषकुमार पाण्डे, लोसपा नेता, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, खेलकुद विकास समिति, लुम्बिनी राजनीति, लुम्बिनी खेल समाचार.
सन्तोषकुमार पाण्डे सपथ लिदै
साउन १३, २०८२।

लुम्बिनी प्रदेशमा झण्डै एक वर्षपछि युवा तथा खेलकुद मन्त्रालयले नयाँ नेतृत्व पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सन्तोषकुमार पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्री पदमा नियुक्त गरिएको हो।

प्रदेश सरकार गठन भएको एक वर्ष पाँच दिनपछि पाण्डेले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। एक वर्षअघि सरकार गठन गर्दा मुख्यमन्त्री आफैंले जिम्मेवारी सम्हालेको युवा तथा खेलकुद मन्त्रालय अहिले गएर लोसपाका पाण्डेलाई जिम्मा दिइएको हो।

एक वर्षसम्म मन्त्रीविहीन रहँदा लुम्बिनी प्रदेशको खेलकुद विकास प्रभावकारी रुपमा अघि बढ्न सकेन। यस अवधिमा प्रदेश सरकारद्वारा विघटन गरिएका १२ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिहरू पुनर्गठन हुन सकेका छैनन्। यसले खेलाडी, प्रशिक्षक तथा खेल संस्था सबैलाई प्रभावित पारेको थियो।

स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माणदेखि प्रतियोगिता आयोजनसम्मको काम अलपत्र रहँदा नवउदीयमान खेलाडीहरू अवसरबाट वञ्चित भए। अब पाण्डेले मन्त्रीको रूपमा प्रदेशका खेलकुद नीति र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

सन्तोषकुमार पाण्डे,
लुम्बिनी खेलकुद मन्त्री, सन्तोषकुमार पाण्डे, लोसपा नेता, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, खेलकुद विकास समिति, लुम्बिनी राजनीति, लुम्बिनी खेल समाचार.

सन्तोषकुमार पाण्डे युवा नेताका रूपमा चिनिन्छन् र लोसपा भित्र प्रभावशाली नेताको रूपमा स्थापित छन्। उनको मन्त्री नियुक्तिलाई लोसपाभित्र राजनीतिक सन्तुलन र सहभागिता सुनिश्चित गर्न गरिएको कदमका रूपमा समेत हेरिएको छ।

लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयले वर्षदिनको रिक्तता टुङ्ग्याउँदै सन्तोषकुमार पाण्डेले नयाँ ऊर्जा ल्याउने आशा गरिएको छ। प्रदेशको समग्र खेलकुद क्षेत्र पुनर्जीवित गर्न अबको कार्यदिशा र निर्णय नै निर्णायक हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *