राजीनामा अब गंगास्नान हो ? रास्वपाका सांसद आसिम शाहको संसदमा तीखो प्रश्न

राजीनामा विवाद, आसिम शाह, रास्वपा, भ्रष्टाचार, नेपाली संसद, राजकुमार गुप्ता, गंगास्नान, अदृश्य शक्ति, राजनीतिक जवाफदेहिता, संसद बहस रास्वपाका सांसद आसिम शाह
राजीनामा विवाद, आसिम शाह, रास्वपा, भ्रष्टाचार, नेपाली संसद, राजकुमार गुप्ता, गंगास्नान, अदृश्य शक्ति, राजनीतिक जवाफदेहिता, संसद बहस
रास्वपाका सांसद आसिम शाह

साउन १९, २०८२।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम शाहले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूले राजीनामा दिएर सजिलै पन्छिने परिपाटीप्रति कडा असन्तोष जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले यस्तो संस्कारले भ्रष्टाचारमाथिको कारबाही प्रक्रिया नै कमजोर बनाइरहेको बताएका छन्।

सांसद शाहले संसदमा प्रश्न गरे, यो कस्तो नयाँ परम्परा हो ? भ्रष्टाचारको अडियो बाहिरिन्छ, प्रमाण देखिन्छ, अनि राजीनामा दिँदैमा सबै पाप पखालिन्छ ? राजीनामा दिनु गंगास्नान पो भयो कि भ्रष्टाचारको ?
उनको भनाइमा राजीनामालाई छानबिनको विकल्प बनाउने प्रवृत्तिले शासन प्रणालीप्रति जनविश्वास खस्किरहेको छ।

शाहले हालै राजीनामा दिएका तत्कालीन मन्त्री राजकुमार गुप्ताको उदाहरण दिंदै आरोप लगाए कि गुप्ताले राजीनामा दिएपछि छानबिन प्रक्रिया बन्द गरियो। साथै, उनले आरोप लगाए कि सोही अडियोमा नाम आएका अरु एकजना वर्तमान तथा एकजना पूर्वमन्त्रीलाई भने अदृश्य शक्तिले जोगाइरहेको छ।

उहाँहरूको लागि अर्कै कानुन हो ?
शाहले भने, के उहाँहरूको लागि अर्कै कानुन छ ? छानबिन गर्नु पर्दैन ? उनले यस्तो दोहोरो व्यवहारले कानुनको शासन र संस्थागत पारदर्शितामा प्रश्न उठाएको तर्क गरे।

सरकारले यस्तो संवेदनशील विषयमा आवश्यक प्रतिक्रिया नदिई मौन बस्नु सरकारको जिम्मेवारीबाट भाग्नु हो। संसदले सार्वजनिक चासोका विषयमा बहस गर्न पाउनुपर्ने अधिकार सुरक्षित रहनुपर्ने भन्दै उनले संसदीय प्रक्रिया बलियो बनाउन आह्वान गरे।

राजनीतिक जवाफदेहिता र भ्रष्टाचारमाथिको कठोर अनुसन्धानको माग गर्दै सांसद आसिम शाहको यो अभिव्यक्तिले संसदमा नयाँ बहसको सुरुवात गरेको छ। के राजीनामा मात्रै भ्रष्टाचारबाट उन्मुक्तिको उपाय हुन सक्छ त ? यो प्रश्न अब जनताले पनि सिधै सोध्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।