साउन २६, २०८२।
काठमाडौं – दायाँ हाते स्पिनर युवराज खत्री नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा कर्णाली याक्समा आबद्ध भएका छन्। क्याटगोरी ‘बी’ का खेलाडी युवराजलाई १० लाख रुपैयाँमा कर्णालीले टिममा भित्र्याएको हो।
एनपीएलको मिनी अक्सनमा युवराजका लागि पाँच टिम— लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाख रुपैयाँको बोली लगाएका थिए। प्रतिस्पर्धा बराबरी भएपछि उनी लक्की ड्रमार्फत कर्णाली याक्सको पोल्टामा परेका हुन्।

युवराजको स्पिन बलिङ क्षमताले कर्णाली याक्सको बलिङ आक्रमणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसअघि उनले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।