मैले काठमाडौं छाडेकै थिइनँ : मोन्टी देसाई

मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदा प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई स्वागत गर्दै कार्यकारी निर्देशक काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीलगायत ।
मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदा
प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई स्वागत गर्दै कार्यकारी निर्देशक काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी लगायत ।

साउन २४, २०८२।

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व प्रशिक्षक मोन्टी देसाईले स्पष्ट पारेका छन्, मैले काठमाडौं छाडेकै थिइनँ। १२ वर्षदेखि नेपाली क्रिकेटसँग जोडिएका मोन्टी हाल नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाज टोलीका प्रमुख प्रशिक्षक बनेका छन्।

हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले उनलाई स्वागत गरे। मोन्टीले आफ्नो उपस्थितिमा भने, म अझै पनि नेपाली क्रिकेटमा योगदान दिइरहेको छु र काठमान्डु गोर्खाजसँगको सहयात्रा निकै उत्साहजनक हुनेछ।

मोन्टी सन् २०२३ देखि दुई वर्षसम्म नेपालका राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक थिए। उनको नेतृत्वमा नेपालले विश्वकप लिग–२ का १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा सिधा स्थान बनायो। नेपाल पहिलो पटक एसिया कपमा खेल्न पुगेको पनि मोन्टीकै प्रशिक्षणकालीन उपलब्धि हो। साथै, १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनः प्रवेश गरेको यो सफलता पनि उनको नेतृत्वको देन हो।

मोन्टी देसाई, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग, नेपाली क्रिकेट, एनपीएल प्रशिक्षक, ट्वान्टी–२० विश्वकप, नेपाली क्रिकेट सुधार, त्रिवि क्रिकेट मैदान
प्रमुख प्रशिक्षक मोन्टी देसाई

गोर्खाजले एनपीएल पहिलो सिजनमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ। मोन्टीले भने, अक्सनबाट नयाँ खेलाडी ल्याएर टोलीलाई सन्तुलित बनाउनुपर्नेछ। यसले काठमान्डु गोर्खाजलाई अझ बलियो बनाउनेछ।

उनले थपे, फ्रेन्चाइज क्रिकेटमा केही समय बाहिर थिएँ, फेरि फर्किएको छु। राष्ट्रिय टोलीमा नभएका खेलाडीलाई लयमा ल्याउने चुनौती छ। मोन्टीले त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण र सुधार कार्यलाई पनि महत्वपूर्ण ठानेका छन्।

एनपीएल दोस्रो संस्करण नोभेम्बर–डिसेम्बरमा आयोजना हुनेछ। मोन्टीले नेपाली क्रिकेटको उज्जवल भविष्यको विश्वास व्यक्त गर्दै भने, एनपीएलले लामो दूरी तय गर्नेछ र यो नेपालका लागि परिचय बन्नेछ।

आगामी अक्टोबरमा नेपाल ट्वान्टी–२० विश्वकप छनोट खेल्न ओमान जाने तयारीमा छ। मोन्टीले भने, म नेपाली टिमलाई समर्थन गर्नेछु र सधैं उनीहरूसँग जोडिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।