मलेसिया रोजगारीमा सिन्डिकेट, माफिया नेटवर्क सक्रिय

मलेसिया रोजगारी, म्यानपावर सिन्डिकेट, वैदेशिक रोजगार, मलेसिया मापदण्ड विवाद, नेपाल श्रम मन्त्रालय, वैदेशिक रोजगार माफिया, श्रमिक समस्या, नेपाली कामदार मलेसिया, कुमुद खनाल, म्यानपावर नीति नेपाल

कार्तिक २०, २०८२।   प्रयास लामा 

मलेसिया रोजगारी, म्यानपावर सिन्डिकेट, वैदेशिक रोजगार, मलेसिया मापदण्ड विवाद, नेपाल श्रम मन्त्रालय, वैदेशिक रोजगार माफिया, श्रमिक समस्या, नेपाली कामदार मलेसिया, कुमुद खनाल, म्यानपावर नीति नेपाल

काठमाडौं – मलेसियाले नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि लागू गरेको १० बुँदे नयाँ मापदण्डले वैदेशिक रोजगारी क्षेत्रमा ठूलो विवाद निम्त्याएको छ। नेपालका व्यवसायीहरूले यसलाई “सिन्डिकेटको खेल” भन्दै अस्वीकार गरेका छन्। श्रम मन्त्रालयले पनि मलेसियालाई यो मापदण्ड स्वीकार्य नभएको औपचारिक रूपमा जानकारी गराएको छ।

मापदण्डको पृष्ठभूमि र विवाद:

गत जुलाइ महिनामै प्रस्ताव गरिएको मापदण्ड संशोधन गरेर मलेसियाले पुनः लागू गर्ने तयारी गरेको हो। यो मापदण्डले १० हजार वर्गफिट कार्यालय, पाँच वर्षको सञ्चालन अनुभव र तीन हजार कामदार पठाएको हुनुपर्ने जस्ता शर्त राखेको छ।
यसले ठूला म्यानपावर कम्पनीलाई मात्र फाइदा पुग्ने र साना तथा नयाँ व्यवसायीहरूलाई बजारबाट बाहिर धकेल्ने खतरा बढेको व्यवसायीहरूको आरोप छ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष कुमुद खनालका अनुसार यो सिन्डिकेटको तयारी एक वर्षअघि नै भएको थियो। कमजोर सरकार र मलेसियाको कूटनीतिक रणनीतिको कारण अहिले यसको प्रभाव देखिएको हो।

म्यानपावर व्यवसायीहरूले यो मापदण्ड लागू गराउनका लागि करोडौं रुपैयाँसम्मको अफर आएको दाबी गरेका छन्।
केही व्यवसायीका अनुसार सीमित कम्पनीले मलेसिया पठाउने अधिकार प्राप्त गर्ने सर्तमा करिब १० करोडसम्मको लगानी मागिएको थियो।

तर सिन्डिकेटको आरोप लागेका व्यवसायीहरूले भने आफ्नो कुनै संलग्नता नभएको बताएका छन्। इन्टरनेसनल म्यानपावरका सञ्चालक वाईबी राईले भने, सिन्डिकेटमा मेरो संलग्नता छैन। म त वर्षमा हजारौं कामदार शून्य लागतमा पठाउँछु। यो लागू भए ममाथि नै नकारात्मक असर पर्छ।

त्यस्तै स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले आफू म्यानपावर व्यवसायी नै नभएको र आफ्नो नाम दुरुपयोग गरिएको बताए।

मलेसिया रोजगारी, म्यानपावर सिन्डिकेट, वैदेशिक रोजगार, मलेसिया मापदण्ड विवाद, नेपाल श्रम मन्त्रालय, वैदेशिक रोजगार माफिया, श्रमिक समस्या, नेपाली कामदार मलेसिया, कुमुद खनाल, म्यानपावर नीति नेपाल

मलेसियाको यो कदम नेपालकै आन्तरिक कमजोरीको परिणाम भएको विज्ञहरूको मत छ। श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका भने, नेपालमा नियमन र नैतिक अभ्यास कमजोर भएकाले विदेशी पक्षले हाम्रो श्रम बजारभित्र प्रवेश गर्ने मौका पाएका छन्। मलेसियाले कुन म्यानपावरबाट मात्र कामदार लिनु भन्ने निर्णय गर्न पाउँदैन, त्यो त हाम्रो सार्वभौम अधिकारभित्रको कुरा हो।

श्रम मन्त्रालयले तत्कालका लागि मापदण्ड नमान्ने निर्णय गरेको छ। तर विज्ञहरूका अनुसार, यो विषय केवल अस्वीकार गर्ने होइन, “लेबर डिप्लोमेसी” अर्थात् कूटनीतिक वार्तामार्फत समाधान खोजिनु आवश्यक छ।

नेपालले स्पष्ट नीति, पारदर्शी प्रणाली र निष्पक्ष म्यानपावर बजार निर्माण नगरेसम्म यस्ता ‘सिन्डिकेट’ फेरी–फेरी दोहोरिने चेतावनी विज्ञहरूले दिएका छन्।

मलेसियाको नयाँ मापदण्डले वैदेशिक रोजगार क्षेत्रमा नीतिगत संकट, साना व्यवसायीहरूको अस्तित्वमा खतरा र कामदारमाथि अतिरिक्त आर्थिक बोझ ल्याउने देखिएको छ।
सिन्डिकेटको खेल र सरकारको कमजोरीबीच नेपाली श्रमिकहरू नै मुख्य पीडित बन्दै गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

साउदी श्रमिक तलब, , नेपाली श्रमिक भुक्तानी, , साउदी बिमा योजना, , तलब नपाएका श्रमिक, , सेन्दान कम्पनी समस्या, , आरम्को प्रोजेक्ट, , साउदीमा तलब रोकियो, , बिमा भुक्तानी नेपाल, , आप्रवासी श्रमिक अधिकार, , नेपाली दूतावास रियाद, , श्रम काउन्सिलर जानकारी, , साउदी संकट विभाग, , विश्वकप २०३४ श्रमिक नीति, , साउदी श्रम सुरक्षा, , बक्यौता तलब, , एक्जिट भिसा प्रक्रिया, , श्रमिक राहत योजना, , तलब सुरक्षण सेवा, ,

काठमाडौँ – साउदी अरबमा रोजगारदाता कम्पनीबाट महिनौँदेखि तलब नपाएर समस्यामा परेका नेपाली श्रमिकमध्ये ६९ जनाले पहिलोपटक सरकारी बिमामार्फत २ करोड २९ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाएका छन्। साउदी सरकारले ‘आप्रवासी श्रमिक तलब बिमा सेवा’ लागू गरेपछि नेपाली श्रमिकले यसरी रोकिएको तलब पाएको यो पहिलो घटना हो।

रियादस्थित नेपाली दूतावासका अनुसार तलब नपाएका ४६९ नेपाली श्रमिकका दाबीमध्ये प्रारम्भिक चरणमा ६९ जनालाई बिमा रकम उपलब्ध गराइएको हो। यी सबै श्रमिक साउदी आरमको कम्पनीको विभिन्न साइटमा सेन्दान इन्टरनेसनल कम्पनीमार्फत काम गर्दै आएका थिए। कम्पनी टाट पल्टिएपछि उनीहरू तलब र रोजगारी दुवैबाट वञ्चित भएका थिए।

दूतावासले दिएको जानकारी अनुसार भुक्तानी रकम ६८५ रियालदेखि ६१,६०८ रियालसम्म फरक–फरक श्रमिकका हकमा उपलब्ध गराइएको छ। यी ६९ जनामध्ये ३१ जना हाल साउदी बाहिर छन्।

श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार बाँकी श्रमिकका दाबी पनि प्रक्रिया अनुसार अघि बढिरहेका छन्। साउदी अरबको संकट विभागसँग निरन्तर छलफल भइरहेको छ, उनले भने, रोकिएको तलब सबैले बिमामार्फत पाउनेमा हामी सकारात्मक छौं।

२०३४ को विश्वकप आयोजना गर्न गइरहेको साउदीलाई आप्रवासी श्रमिकको पक्षमा काम गर्न अन्तर्राष्ट्रिय दबाब छ । साउदीले कम्पनीबाट छुटेका र वित्तीय संकटमा परेका कम्पनीबाट पीडित भएका श्रमिकलाई रकम भुक्तानी गर्न थालेको जनाएको छ ।

मानव संसाधन मन्त्रालयको एक सूचनाअनुसार गत सेप्टेम्बरमा मात्रै निजी क्षेत्रका ५० रोजगारदाता कम्पनीका श्रमिकलाई १ करोड ५० लाख साउदी रियाल बढी भुक्तानी गरेको जनाएको छ । मन्त्रालयले साउदी श्रम बजारलाई थप स्थिर, श्रमिकको हकहितलाई सुरक्षित र वित्तीय संकटले पर्ने प्रभावलाई न्यून बनाउन यो नीति लिइएको जनाएको छ ।

मानव संसाधन मन्त्रालयका अनुसार बिमाबाट रोकिएको तलब मात्र होइन, घर फर्किनका लागि एक्जिट भिसा प्रक्रिया पूरा गरेका श्रमिकलाई हवाई टिकटबापत एक हजार रियालसम्म पनि उपलब्ध गराइनेछ।

यसका लागि श्रमिकले एक्जिट भिसासहित सबै प्रस्थान प्रक्रिया पूरा भएको प्रमाण बुझाउनुपर्नेछ । यो सुविधा सबैले पाउने छैनन्। जसमा पूर्णरूपमा सरकारी स्वामित्वमा रहेका संस्थान, परीक्षणकालमा रहेका श्रमिक, घरेलु श्रमिक, मौसमी तथा अस्थायी श्रमिक, खेल क्लबका खेलाडी, कृषि तथा पशुपालन (गोठाला) श्रमिक र निश्चित कार्यकालका लागि भर्ना गरिएका श्रमिक रहेका छन् । बिमा सुरु हुनुअघिदेखि नै संघर्ष वा संकटमा फसेका श्रमिक यो बिमाको दायरामा पर्दैनन् ।