मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेश प्रदेश, मुख्यमन्त्री सोनल, विश्वासको मत, प्रदेशसभा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, मधेश राजनीति, प्रदेश सरकार, गठबन्धन

कार्तिक २२, २०८२।  राज नेपाली

मधेश प्रदेश, मुख्यमन्त्री सोनल, विश्वासको मत, प्रदेशसभा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, मधेश राजनीति, प्रदेश सरकार, गठबन्धन

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनल) आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। संवैधानिक व्यवस्थाअनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

सोनल असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। कुल १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ सदस्य रहेका छन्। बहुमतका लागि ५३ मत आवश्यक पर्ने भएकाले, गठबन्धन दलहरूको समर्थनमा उनी सहजै विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरिएको छ।

हालको गठबन्धनमा जसपा नेपालका १८, जनमत पार्टीका ११, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा (एकीकृत समाजवादी) का ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद छन्। यी सबैले सरकारलाई समर्थन जनाएका छन्।

यद्यपि दुई सांसद अभिराम शर्मा र सरोज सिंह कुशवाह हाल निलम्बित छन्। मुख्य प्रतिपक्षी एमाले, कांग्रेस, जनस्वराज पार्टी र राप्रपा भने विपक्षमा रहने तयारीमा छन्।

सत्तारुढ दलहरूले स्थिर सरकार र विकासमुखी नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन्। सोनलले विश्वासको मत पाएका खण्डमा उनले प्रदेशमा सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिने घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।