भियतनामकी उपराष्ट्रपति ३ दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै

भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन
भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन फाइल तस्बिर।

भदौ ७, २०८२।

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज (शनिबार) तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आगमन गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो नेपाल–भियतनाम कूटनीतिक सम्बन्धमा पहिलो पटक हुने उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ।

त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव समेत परेको हुँदा यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरेपछि उपराष्ट्रपति सुआन भदौ ९ गते काठमाडौंबाट हनोई फर्कने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भारत रूस भेटवार्ता, पुटिन जयशंकर भेट, भारतीय विदेशमन्त्री रूस, भारत रूस सम्बन्ध, भारत रूस व्यापार, भारत रूस ऊर्जा सम्झौता, रूस भारत कूटनीति, पुटिन भेट भारतीय विदेशमन्त्री, जयशंकर मास्को भ्रमण, भारत रूस रणनीतिक साझेदारी

भदौ ७, २०८२।

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लावरोफसँग मास्कोमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षासम्बन्धी सहयोग लगायतका विषयमा विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

जयशंकरले यस भेटवार्ताले भारत–रूस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
हामीले युक्रेन युद्ध, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थामा आपसी सहयोगबारे पनि चर्चा भएको बताइएको छ।

यस भेटलाई भारत–रूस रणनीतिक साझेदारीको सन्देशका रूपमा लिइएको छ। दुबै मुलुकबीचको पुरानो मैत्रीपुर्ण  सम्बन्धलाई यसले अझ सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।