भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने

aruna shahi

aruna shahi

साउन ३०, २०८२।

म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ।

म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन्। त्यही योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो ।

अरुणा शाहीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन् र राष्ट्रिय टिममा सन् २०१३ देखि सक्रिय छिन्। उनको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि र दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेको छ।

सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश गरेकी शाही डेढ दशकभन्दा बढी समयदेखि भलिबल खेलमा सक्रिय छिन् र गण्डकी प्रदेश टिमको कप्तानी समेत गरेकी छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार प्राप्त गरेकी छिन्।

उनको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ।

म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।