Headlines

बझाङको जलविद्युत् आयोजनाको लागि ४१ अर्ब लगानी जुट्यो

बझाङ माथिल्लो सेती जलविद्युत्, २१६ मेगावाट, जलविद्युत् आयोजना नेपाल, कुमारी बैंक, समृद्धि इनर्जी लिमिटेड, सुदूरपश्चिम जलविद्युत्, लगानी सम्झौता, hydropower project Nepal, Upper Seti Hydropower

बझाङ माथिल्लो सेती जलविद्युत्, २१६ मेगावाट, जलविद्युत् आयोजना नेपाल, कुमारी बैंक, समृद्धि इनर्जी लिमिटेड, सुदूरपश्चिम जलविद्युत्, लगानी सम्झौता, hydropower project Nepal, Upper Seti Hydropower

साउन १६, २०८२।

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् आयोजनाका लागि ४१ अर्ब ६० करोड रुपैयाँ लगानी सुनिश्चित भएको छ। कुमारी बैंक लिमिटेडको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाहरूले सहवित्तीय व्यवस्थापन गर्दै यो लगानी जुटाएका हुन्।

आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी रहनेछ। कुमारी बैंकसँगै एनएमबी बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्स लिमिटेडजस्ता संस्थाहरूले सहवित्तीय व्यवस्थापनमा सहकार्य गरेका छन्।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र आयोजना प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंबीच शुक्रबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ। आयोजना २०८८ असार ३१ भित्र निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

आयोजना अर्ध-जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित हुनेछ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। उत्पादन गरिने विद्युत् ३० किमी लामो २२० केभी डबल सर्किट ट्रान्समिसन लाइनमार्फत प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमा जोडिनेछ।

३० प्रतिशत स्वपुँजी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गर्दैछ। प्रमुख लगानीकर्ताहरूमा सिउरी न्यादी पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड, एश होल्डिङ्स प्रालि तथा अनुभवी लगानीकर्ता शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्रकुमार गुरागाईं र दिनेश गुरुङ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *