फिफा महिला वरीयतामा नेपालको ऐतिहासिक फड्को

नेपाली महिला फुटबल, फिफा महिला रैंकिङ, नेपाल फुटबल वरीयता, महिला एसियन कप छनोट, FIFA Ranking 2025, Nepal Women Football Team, नेपाल खेलकुद समाचार नेपाली महिला राष्ट्रिय फुटबल टिम
नेपाली महिला फुटबल, फिफा महिला रैंकिङ, नेपाल फुटबल वरीयता, महिला एसियन कप छनोट, FIFA Ranking 2025, Nepal Women Football Team, नेपाल खेलकुद समाचार
नेपाली महिला राष्ट्रिय फुटबल टिम

साउन २२, २०८२।

काठमाडौं – नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै १३ स्थान उक्लिएर ८७औं स्थानमा पुग्न सफल भएको छ। फिफाले साउन २२ गते सार्वजनिक गरेको नयाँ महिला टोलीको अन्तर्राष्ट्रिय वरीयतामा नेपालले ४६.४९ अंकको सुधार गर्दै यो ऐतिहासिक फड्को मारेको हो।

नेपाल यसअघि १००औं स्थानमा थियो भने अहिलेसम्मको उच्च वरीयता ९१औं स्थान रहँदै आएको थियो। यसपटकको उकाइले नेपाली महिला फुटबलको इतिहासमा नयाँ अध्याय लेखेको छ । एसियाली राष्ट्रहरूमध्ये नेपाल १६औं स्थानमा रहेको छ।

नेपाली महिला फुटबल, फिफा महिला रैंकिङ, नेपाल फुटबल वरीयता, महिला एसियन कप छनोट, FIFA Ranking 2025, Nepal Women Football Team, नेपाल खेलकुद समाचार
फिफा वरीयतामा यस्तो देखियो

नेपालको यो सफलता महिला एसियन कप छनोट चरणमा देखाएको उत्कृष्ट प्रदर्शनको नतिजा हो। छनोट खेलमा नेपालले श्रीलंकालाई ६–० ले तथा लाओसलाई १–० ले पराजित गरेको थियो।

उज्बेकिस्तानसँग भने गोलरहित बराबरी खेलेको थियो। यी परिणामहरूले नेपालको समग्र वरीयता सुधारमा ठूलो योगदान दिएका छन्।

फिफा वरीयतामा यस्तो देखियो

फिफा महिला वरीयतामा हाल स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ।
त्यस्तै पुरुषतर्फ भने नेपाल १७५औं स्थानमा यथावत् रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।