Headlines

प्रभु हेलिकप्टरको १० वर्षे यात्रा: आइपिओ “IPO” को तयारी

Prabhu Helicopter IPO, Prabhu Helicopter 10 years, Nepal helicopter service, H125 Airbus Nepal, Prabhu Group aviation, Nepal tourism flight, helicopter IPO Nepal

Prabhu Helicopter IPO, Prabhu Helicopter 10 years, Nepal helicopter service, H125 Airbus Nepal, Prabhu Group aviation, Nepal tourism flight, helicopter IPO Nepal

प्रभु हेलिकप्टरको १० वर्षे यात्रा: आइपिओ “IPO” को तयारी गरिरहेको छ।

काठमाडौं, साउन ४ – नेपालको हवाई यातायात क्षेत्रमा उल्लेखनीय स्थान बनाएको प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ। यो अवसरमा कम्पनीले आगामी दिनमा आइपिओ (IPO) मार्फत सर्वसाधारणको लगानी समेत खुला गर्ने तयारीमा रहेको घोषणा गरेको छ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यले १० वर्षको यात्रामा साथ दिने सबै सेवाग्राही, साझेदार र सहकर्मीप्रति आभार प्रकट गर्दै आगामी दिनमा गुणस्तरीय र सुरक्षित सेवा प्रवाहलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए ।

प्रभु हेलिकप्टरको यात्रा २०७२ सालमा प्रभु ग्रुपले मुक्तिनाथ हेलिकप्टरको सेयर खरिद गरेपछि सुरु भएको हो।
सुरुमा एकवटा रोबिन्सन हेलिकप्टरबाट सेवा सुरु गरिएको थियो।

हाल कम्पनीसँग २ वटा एयरबस H125 हेलिकप्टर छन्।
पोखरा, काठमाडौं र लाङटाङ क्षेत्रमा नियमित हेलिकप्टर टुर तथा साइटसिइङ सेवा दिइरहेको छ।

Prabhu Helicopter IPO, Prabhu Helicopter 10 years, Nepal helicopter service, H125 Airbus Nepal, Prabhu Group aviation, Nepal tourism flight, helicopter IPO Nepal

मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक, लुम्बिनी, सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे क्षेत्रमा हेलिकप्टर उडान र आकस्मिक उद्धार सेवा प्रदान गर्दै आइरहेको कम्पनीको पोखरामा आफ्नै ह्याङर सुविधा समेत रहेको छ।

प्रभु हेलिकप्टरले कम्पनीलाई २०७९ असार ३० मा पब्लिक लिमिटेडमा रूपान्तरण गरिसकेको छ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।

Prabhu Helicopter IPO, Prabhu Helicopter 10 years, Nepal helicopter service, H125 Airbus Nepal, Prabhu Group aviation, Nepal tourism flight, helicopter IPO Nepal

१० वर्षको सफल यात्रापछि आइपिओमा जाने तयारीले कम्पनीलाई थप पारदर्शी, दिगो र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *