प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग उठाए लिपुलेक मुद्दा

लिपुलेक विवाद, प्रधानमन्त्री ओली चीन भ्रमण, नेपाल भारत सीमा विवाद, लिपुलेक व्यापारिक मार्ग, चीन राष्ट्रपति सी चिनफिङ, सुगौली सन्धि, नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सीमा, नेपाल चीन व्यापार, बीआरआई परियोजना नेपाल, तियानजिन भेटवार्ता, नेपाल–चीन कूटनीति, ओलीले उठाए लिपुलेक, चीन भारत व्यापार सहमति आपत्ति, नेपाल सीमा विवाद

भदौ १५, २०८२।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीनबीचको सहमतिप्रति आपत्ति जनाएका छन्।

शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग नेपालको रहेको कुरा स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख भएअनुसार ओलीले लिपुलेक नेपाली भूमि भएकाले यसबारे चीनले नेपाललाई सहयोग गर्ने अपेक्षा रहेको बताएका छन्।

राष्ट्रपति सीले नेपालको दाबीलाई मान्यता दिए पनि नेपाल–भारतबीचको सीमा विवादमा चीन कुनै पक्ष बन्न नचाहने स्पष्ट गरेका छन्। रास्ट्रपति सीले भने, सीमा विवाद तपाईँहरू दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रो तर्फबाट कुनै कमी हुँदैन।

लिपुलेक विवाद, प्रधानमन्त्री ओली चीन भ्रमण, नेपाल भारत सीमा विवाद, लिपुलेक व्यापारिक मार्ग, चीन राष्ट्रपति सी चिनफिङ, सुगौली सन्धि, नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सीमा, नेपाल चीन व्यापार, बीआरआई परियोजना नेपाल, तियानजिन भेटवार्ता, नेपाल–चीन कूटनीति, ओलीले उठाए लिपुलेक, चीन भारत व्यापार सहमति आपत्ति, नेपाल सीमा विवाद

भेटमा दुवै पक्षले आपसी सम्बन्ध, बीआरआई (Belt and Road Initiative) परियोजनाको कार्यान्वयन र व्यापारिक नाकाको सहजताबारे छलफल गरेका थिए। नेपाललाई शंघाई सहयोग संगठन (SCO) को सदस्य बनाउन सहयोग गर्ने विषयमा पनि चर्चा भएको छ।

यसअघि ३ भदौमा चीन र भारतले लिपुलेक पासमार्फत व्यापार सुरु गर्ने सहमति गरेका थिए जसलाई लिएर नेपालभित्र चर्को विरोध भएको छ। सोही विषयलाई प्रधानमन्त्री ओलीले चीनसँग बलियो ढंगले उठाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।