प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग उठाए लिपुलेक मुद्दा

लिपुलेक विवाद, प्रधानमन्त्री ओली चीन भ्रमण, नेपाल भारत सीमा विवाद, लिपुलेक व्यापारिक मार्ग, चीन राष्ट्रपति सी चिनफिङ, सुगौली सन्धि, नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सीमा, नेपाल चीन व्यापार, बीआरआई परियोजना नेपाल, तियानजिन भेटवार्ता, नेपाल–चीन कूटनीति, ओलीले उठाए लिपुलेक, चीन भारत व्यापार सहमति आपत्ति, नेपाल सीमा विवाद

भदौ १५, २०८२।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीनबीचको सहमतिप्रति आपत्ति जनाएका छन्।

शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग नेपालको रहेको कुरा स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख भएअनुसार ओलीले लिपुलेक नेपाली भूमि भएकाले यसबारे चीनले नेपाललाई सहयोग गर्ने अपेक्षा रहेको बताएका छन्।

राष्ट्रपति सीले नेपालको दाबीलाई मान्यता दिए पनि नेपाल–भारतबीचको सीमा विवादमा चीन कुनै पक्ष बन्न नचाहने स्पष्ट गरेका छन्। रास्ट्रपति सीले भने, सीमा विवाद तपाईँहरू दुई पक्षले समाधान गर्ने विषय हो, नेपालको दाबीमा हाम्रो तर्फबाट कुनै कमी हुँदैन।

लिपुलेक विवाद, प्रधानमन्त्री ओली चीन भ्रमण, नेपाल भारत सीमा विवाद, लिपुलेक व्यापारिक मार्ग, चीन राष्ट्रपति सी चिनफिङ, सुगौली सन्धि, नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सीमा, नेपाल चीन व्यापार, बीआरआई परियोजना नेपाल, तियानजिन भेटवार्ता, नेपाल–चीन कूटनीति, ओलीले उठाए लिपुलेक, चीन भारत व्यापार सहमति आपत्ति, नेपाल सीमा विवाद

भेटमा दुवै पक्षले आपसी सम्बन्ध, बीआरआई (Belt and Road Initiative) परियोजनाको कार्यान्वयन र व्यापारिक नाकाको सहजताबारे छलफल गरेका थिए। नेपाललाई शंघाई सहयोग संगठन (SCO) को सदस्य बनाउन सहयोग गर्ने विषयमा पनि चर्चा भएको छ।

यसअघि ३ भदौमा चीन र भारतले लिपुलेक पासमार्फत व्यापार सुरु गर्ने सहमति गरेका थिए जसलाई लिएर नेपालभित्र चर्को विरोध भएको छ। सोही विषयलाई प्रधानमन्त्री ओलीले चीनसँग बलियो ढंगले उठाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।