Headlines

पूर्व प्रधानमन्त्री माधव नेपाल पुष्पलाल स्मृति भवन उद्घाटनमा सर्लाहीको लालबन्दीमा आउदै

सर्लाहीको लालबन्दीमा पुष्पलाल स्मृति भवनको उद्घाटन पूर्व प्रधानमन्त्रीले माधवकुमार नेपालको प्रमुख आतिथ्यमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल साउन १३, २०८२।
सर्लाहीको लालबन्दीमा पुष्पलाल स्मृति भवनको उद्घाटन पूर्व प्रधानमन्त्रीले माधवकुमार नेपालको प्रमुख आतिथ्यमा
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल
साउन १३, २०८२।

लालबन्दी, सर्लाही – “सुशासन र रोजगारी समाजवादको तयारी” भन्ने नारासहित मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन समारोह तथा एक दिने प्रशिक्षण कार्यक्रम
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यमा हुने भएको छ।

कार्यक्रम समारोह यहि साउन १७ गते शनिबारका दिन बिहान ११ बजेदेखि शुरु हुने, कार्यक्रम सर्लाही जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत पर्ने परवानीपुरस्थित पुष्पलाल स्मृति पार्क, बोहोराडाँडामा आयोजना गर्ने समाजवादी सर्लाहीले जनाइएको छ।

सर्लाहीको लालबन्दीमा पुष्पलाल स्मृति भवनको उद्घाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा
पुष्पलाल स्मृति भवनमा समाजवादीका नेताहरू

यस कार्यक्रमको आयोजना नेकपा (एकीकृत समाजवादी) सर्लाही जिल्ला कमिटी तथा पुष्पलाल स्मृति प्रतिष्ठान, मधेश प्रदेशले संयुक्त रुपमा गर्ने भएको हो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा प्रदेशस्तरीय नेताहरु, जिल्ला कमिटीका नेताहरु,सदस्यहरु, स्थानीय अगुवा कार्यकर्ता, युवा र महिलाहरुको उपस्थिति रहने बताएको छ ।

कार्यक्रम: पुष्पलाल स्मृति भवन उद्घाटन तथा १ दिने प्रशिक्षण 
मिति: २०८२ साउन १७ गते शनिबार
समय: बिहान ११ बजे
स्थान: पुष्पलाल स्मृति पार्क, बोहोराडाँडा, परवानीपुर, लालबन्दी, सर्लाही
प्रमुख अतिथि: पूर्व प्रधानमन्त्री तथा केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल
आयोजक: नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सर्लाही तथा पुष्पलाल स्मृति प्रतिष्ठान, मधेश प्रदेश

१ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमको उद्देश्य पार्टी कार्यकर्ता र नेताहरुलाई विचार, संगठन र राजनीतिक कार्यदिशा सम्बन्धी सशक्त मार्गदर्शन प्रदान गर्नु हो। उद्घाटन समारोहपछि प्रशिक्षण कार्यक्रम हुने, जसमा विभिन्न राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल र मार्गदर्शन गरिने एक नेताले बताए ।

पुष्पलाल स्मृति भवन

समाजवादको लक्ष्य प्राप्तिका लागि सशक्त संगठन निर्माण, सुशासनको अभ्यास र रोजगारी सिर्जनाको आवश्यकतालाई जोड दिदै उनले भने, “समाजवादको सपना तब मात्र साकार हुन्छ जब जनतामाझ पार्टीको विश्वसनीयता र सक्रियता बलियो हुन्छ।

कार्यक्रममा पार्टीको आगामी रणनीति, मधेश प्रदेशमा संगठन विस्तार र जनसरोकारका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *