पूर्वराजाका नातिको जुम्ला भ्रमणमा बनाएको भ्लगले चलाएको राजनीतिक र सामाजिक बहस

हृदयेन्द्र शाह, पूर्वराजा ज्ञानेन्द्र, जुम्ला भ्रमण, भ्लग भिडिओ, राजसंस्था नेपाल, हिमानी ट्रस्ट, कर्णाली प्रदेश, राप्रपा, गणतन्त्र नेपाल, नेपाली राजनीति, सामाजिक सञ्जाल विवाद,

हृदयेन्द्र शाह, पूर्वराजा ज्ञानेन्द्र, जुम्ला भ्रमण, भ्लग भिडिओ, राजसंस्था नेपाल, हिमानी ट्रस्ट, कर्णाली प्रदेश, राप्रपा, गणतन्त्र नेपाल, नेपाली राजनीति, सामाजिक सञ्जाल विवाद,

साउन २०, २०८२।

जुम्ला – पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको कर्णालीको जुम्ला जिल्ला भ्रमणका क्रममा तयार पारिएको १५ मिनेट लामो भ्लग भिडियो अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा व्यापक रूपमा चर्चाको विषय बनेको छ।

सामान्यतया सार्वजनिक जीवनबाट टाढा रहने हृदयेन्द्रको पहिलोपटकको खुला प्रस्तुति र सहज व्यवहारले धेरैलाई आकर्षित गरेको छ भने अर्कातर्फ यसलाई नियोजित राजनीतिक प्रयासका रूपमा हेर्न थालिएको छ।

हृदयेन्द्रको यो भ्रमण जेठ महिनामा भएको थियो र उनको जन्मदिन पारेर सार्वजनिक गरिएको थियो। भिडिओ साझा कथा युट्युब च्यानल तथा फेसबुक पेजमा राखिएको छ। भिडिओको सुरुआतमा हृदयेन्द्रले अंग्रेजीमा बोल्दै भन्छन्, आज म कर्णालीको जुम्ला आएको छु। नेपालमा अन्वेषण गरिनुपर्ने धेरै ठाउँमध्ये यो पनि एक हो।

हृदयेन्द्र शाह, पूर्वराजा ज्ञानेन्द्र, जुम्ला भ्रमण, भ्लग भिडिओ, राजसंस्था नेपाल, हिमानी ट्रस्ट, कर्णाली प्रदेश, राप्रपा, गणतन्त्र नेपाल, नेपाली राजनीति, सामाजिक सञ्जाल विवाद,

उक्त भिडिओमा उनले तिला खोलामा बसेर स्थानको सुन्दरताको वर्णन गरेका छन्, स्थानीयहरूसँग भेटघाट गरेका छन् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक विद्यार्थीले राखेको प्रश्नको सरल उत्तर दिएका छन्।

जब सोधिन्छ, नेपाल कहिले समृद्ध हुन्छ? हृदयेन्द्रको जवाफ थियो, मान्छेहरूले राम्रो काम गरे भने सबै कुरा राम्रोसँग चल्यो भने त हुन्छ होला। अलिकति हामी पनि लाग्नु पर्‍यो, अलिकति आँट गर्नुपर्‍यो।

भिडिओ हृदयेन्द्रकी आमा हिमानी शाहद्वारा सञ्चालित ‘हिमानी ट्रस्ट’ ले जुम्लामा बनाउँदै गरेको सुत्केरी स्याहार केन्द्र शिलान्यास कार्यक्रममा खिचिएको हो।

हृदयेन्द्रको यो भिडियो सामाजिक सञ्जालमा राप्रपाका नेताहरूदेखि पूर्वराजतन्त्र समर्थकहरूमाझ उत्साहपूर्वक स्वागत गरिएको छ। धेरैले उनलाई ‘भविष्यका राजा’ भनेर ब्याख्या गर्न थालेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत धेरै नेताहरूले यो भिडिओ शेयर गरेका छन्।

तर सबैले सकारात्मक रूपमा भने हेरेका छैनन्। माओवादी सांसद छिरिङ ल्हामु लामाले फेसबुकमा लेख्दै भिडिओ भन्दा पहिला जुम्लालाई धेरै अरूले चिनाएको बताइन्। उनले भनिन्, गणतान्त्रिक नेपालमा बेलाबेला राजतन्त्रकालको झल्को दिने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ।

हृदयेन्द्र शाह, पूर्वराजा ज्ञानेन्द्र, जुम्ला भ्रमण, भ्लग भिडिओ, राजसंस्था नेपाल, हिमानी ट्रस्ट, कर्णाली प्रदेश, राप्रपा, गणतन्त्र नेपाल, नेपाली राजनीति, सामाजिक सञ्जाल विवाद,

त्यस्तै स्वतन्त्र सांसद विनीता कठायतले सामाजिक सञ्जालमा लेखिन्, नाति पुस्तासँग डराउनेहरूले जुम्लाको प्रवर्द्धनका लागि पनाति पुस्ताले बनाएको एउटा भ्लगसँग पक्कै डराउने छन्।

राजसंस्थाका सन्दर्भमा राजनीतिक टिप्पणी गर्दै विश्लेषक युवराज घिमिरे भन्छन्, उनका हजुरबुबा महेन्द्रले पनि राजपरिवारका सदस्यलाई नेपाल बुझ्न देश घुम्न पठाउँथे। हृदयेन्द्र पनि त्यही परम्पराको अभ्यास गरिरहेका देखिन्छन्। उनले थपे, उनी सामान्य व्यवहार देखाएर चर्चामा आएका हुन्, तर त्यो भिडिओलाई राजनैतिक प्रयोगका लागि उपयोग गर्ने प्रयासहरू पनि देखिन्छ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक वाईपी आचार्य भन्छन्, हृदयेन्द्रको भ्लग चर्चाको केन्द्रमा आउनु उनको पारिवारिक विरासतकै कारण हो। उनलाई समाजले सामान्य नागरिकभन्दा अलिक फरक रूपमा हेरेका छन् ।

हृदयेन्द्र शाह, पूर्वराजा ज्ञानेन्द्र, जुम्ला भ्रमण, भ्लग भिडिओ, राजसंस्था नेपाल, हिमानी ट्रस्ट, कर्णाली प्रदेश, राप्रपा, गणतन्त्र नेपाल, नेपाली राजनीति, सामाजिक सञ्जाल विवाद,

विश्लेषकहरूको बुझाइमा हृदयेन्द्रको भ्लग एउटा सामान्य भ्रमण मात्र होइन, भविष्यका सम्भावित राजनैतिक संकेतहरूको परीक्षण पनि हुन सक्छ। आचार्य भन्छन्, सामाजिक सञ्जालमा देखिएको लोकप्रियतालाई प्रयोग गर्दै राजावादी शक्तिहरू उनलाई अगाडि सार्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।