काठमाडौं, साउन ६ – बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाली फरवार्ड पूर्णिमा राई सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छन्। उनले प्रतियोगिताका ६ खेलमा १० गोल गर्दै टप स्कोररको उपाधि जितेकी हुन्।
पूर्णिमाले प्रतियोगिता अवधिभर दुई वटा ह्याट्रिक गरिन्। नेपाली टोली फाइनलमा बंगलादेशसँग ४–० ले पराजित भएर उपविजेतामा सीमित भए पनि, व्यक्तिगत प्रदर्शनमा भने पूर्णिमाले उच्च छाप छोडिन्।
पूर्णिमा राईले ६ खेलमा १० गोल गर्दै टप स्कोररको अवार्ड जितिन्।
बंगलादेशले नेपाललाई ४–० ले हराउँदै पाँचौंपटक उपाधि जित्यो।
सागोरिका मोस्ट भ्यालुएबल प्लेयर बनिन्।
बंगलादेशकी मिली अख्तर उत्कृष्ट गोलकिपर घोषित।
श्रीलंकाले फेयर प्ले अवार्ड जित्यो।
फाइनल खेलमा बंगलादेशकी सागोरिकाले नेपालविरुद्ध एक्लैले चार गोल गरिन् र प्रतियोगिताकी मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन्। सुरुआतमा रातो कार्ड पाएर तीन खेल प्रतिबन्धमा परेकी सागोरिकाले अन्त्यमा उत्कृष्ट पुनरागमन गरिन्।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर बंगलादेशकी मिली अख्तर बनिन् भने फेयर प्ले अवार्ड श्रीलंकाले जित्यो।
बंगलादेशले यसपटक पाँचौं पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।