पार्टी खोल्दै कुलमान घिसिङ

कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, बल्ब चिन्ह, नयाँ राजनीतिक दल, विवेकशील साझा, जेन–जी आन्दोलन, वैकल्पिक राजनीति, नेपाली राजनीति २०८२, चुनाव २०८२, रवि लामिछाने, सुमना श्रेष्ठ, रास्वपा, नेपाल विद्युत प्राधिकरण

कार्तिक २१, २०८२।  प्रयास लामा

कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, बल्ब चिन्ह, नयाँ राजनीतिक दल, विवेकशील साझा, जेन–जी आन्दोलन, वैकल्पिक राजनीति, नेपाली राजनीति २०८२, चुनाव २०८२, रवि लामिछाने, सुमना श्रेष्ठ, रास्वपा, नेपाल विद्युत प्राधिकरण

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख  लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका कुलमान घिसिङ अब औपचारिक रूपमा राजनीतिक यात्रामा उत्रिने तयारीमा छन्। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास असफल भएपछि उनी ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ दल गठन गर्ने अन्तिम तयारीमा रहेको स्रोतहरूले जनाएका छन्।

कुलमान घिसिङले नयाँ राजनीतिक दल खोल्ने तयारी तीव्र पारेका छन्।

बल्ब चिन्हसहित ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढेको छ।

विवेकशील साझा, जेन–जी फ्रन्ट र अन्य दलहरूसँग सहकार्यका प्रयास असफल भएपछि उनले एकल नेतृत्वमा अघि बढ्ने निष्कर्ष निकालेका छन्।

कुलमान अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका छन् र आगामी चुनाव अघि मन्त्री पदबाट राजीनामा दिनेबारे अन्तिम छलफल भइरहेको बताइएको छ।

कुलमानले जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका कुलमानले अहिले २१ फागुनमा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै उनले नयाँ दलको तयारीलाई तीव्र पारेका छन्।

उनले विवेकशील साझा पार्टीका केही पूर्वनेता, रक्षा बमको नेपाल जेन–जी फ्रन्ट, र नागरिक उन्मुक्ति पार्टीसँग समेत सहकार्यका सम्भावनाबारे कुरा गरेका थिए। तर पार्टीको नाम र चुनाव चिह्नमा सहमति नजुटेपछि उनले एकल नेतृत्वमा अघि बढ्ने निर्णय लिएका छन्।

विवेकशील पृष्ठभूमिका नेताहरूले सामूहिक नेतृत्वको प्रस्ताव गरे पनि कुलमानले ‘बल्ब’ चिन्हमा आधारित आफ्नै ब्रान्ड निर्माण गर्ने चाहना प्रकट गरेका छन्। स्रोतका अनुसार दल दर्ता प्रक्रिया गत असोजमै सुरु भइसकेको छ।

यसैबीच रास्वपासँगको प्रारम्भिक संवाद भने बीचमै रोकिएको छ। कुलमानले रवि लामिछानेले पार्टी सभापति पद छाडे नेतृत्व लिन तयार रहेको सन्देश दिएका थिए तर सहमति जुटन नसकेको स्रोतले जनाइएको छ

‘उज्यालो नेपाल पार्टी’को मुख्य नारा ऊर्जा, सुशासन र विकासमुखी राजनीतिलाई प्राथमिकता दिने भएको छ। पार्टीको चुनाव चिन्ह ‘बल्ब’ प्रतीकात्मक रूपमा “अँध्यारोबाट उज्यालोतर्फको यात्रा” जनाउने बताइएको छ। दलको प्रारम्भिक समिति गठन भइरहेको छ र जिल्ला–प्रदेश तहमा संगठन विस्तारको तयारी समेत भइरहेको छ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले भने, कुलमानजी नेतृत्वमा नयाँ पार्टी बन्नु स्वाभाविक हो तर जेन–जी आन्दोलनको म्यान्डेट समेट्न सबै वैकल्पिक शक्ति एकजुट हुन जरुरी छ। जेन–जी फ्रन्टका एक नेताले भने, हामी सामूहिक नेतृत्व र सहकार्यको पक्षमा छौं। एकल नेतृत्वले भविष्यमा चुनौती सिर्जना गर्न सक्छ।

रास्वपाबाट अलग भएकी नेतृ सुमना श्रेष्ठले पनि भनिन्, जेन–जी आन्दोलनको मर्म बोक्ने, युवा र इमानदार राजनीतिक विकल्प अब अनिवार्य छ। कुलमानजीको कदम त्यस दिशातर्फको संकेत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।