पलेशा र विजय ‘हाम्रो खेलकुद वर्ष खेलाडी अवार्ड’ बाट सम्मान

पलेशा गोवर्धन अवार्ड, विजय सिन्जाली कराते, हाम्रो खेलकुद अवार्ड, नेपाली खेलकुद पत्रकारिता, खेलकुद कन्क्लेभ, महिला खेलाडी सम्मान, खेल पर्यटन नेपाल, टंकलाल घिसिङ, पारस खड्का, सावित्रा भण्डारी, नेपाली खेल समाचार.

साउन १९, २०८२।

काठमाडौं – नेपाली खेलकुद पत्रकारितामा एक दशकको सफल यात्रा पूरा गरेको अनलाइन खेल मिडिया ‘हाम्रो खेलकुद’ले आफ्नो दसौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमार्फत् ‘वर्ष खेलाडी अवार्ड’ वितरण गरेको छ।

यस वर्षको अवार्ड उत्कृष्ट प्रदर्शन गर्ने दुई प्रतिभाशाली खेलाडी—पारा तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठ र कराते खेलाडी विजय सिन्जालीलाई प्रदान गरिएको हो।
दुवै खेलाडीलाई नगद पुरस्कारसहित सम्मान प्रदान गर्दै नेपाली खेलकुदमा उनीहरूको योगदानको उच्च प्रशंसा गरिएको थियो।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे। उनले हालै सम्पन्न तेस्रो थाउलो विश्वकपमा कास्य पदक जितेर नेपालको गौरव बढाएकी थिइन्।

पलेशा गोवर्धन अवार्ड, विजय सिन्जाली कराते, हाम्रो खेलकुद अवार्ड, नेपाली खेलकुद पत्रकारिता, खेलकुद कन्क्लेभ, महिला खेलाडी सम्मान, खेल पर्यटन नेपाल, टंकलाल घिसिङ, पारस खड्का, सावित्रा भण्डारी, नेपाली खेल समाचार.

पलेशाले २५ हजार रुपैयाँ राशिको नगद पुरस्कार पनि प्राप्त गरिन्। साथै, पलेशालाई उच्च स्तरको खेलाडी बनाउने प्रशिक्षक कविराज नेगी लामालाई पनि समारोहमा विशेष सम्मान प्रदान गरियो।

पुरुष तर्फको अवार्ड कराते खेलाडी विजय सिन्जालीले प्राप्त गरे। उनलाई पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अवार्ड तथा २५ हजार रुपैयाँ राशिको नगद पुरस्कार प्रदान गरे। विजयले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउँदै आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्।

पलेशा गोवर्धन अवार्ड, विजय सिन्जाली कराते, हाम्रो खेलकुद अवार्ड, नेपाली खेलकुद पत्रकारिता, खेलकुद कन्क्लेभ, महिला खेलाडी सम्मान, खेल पर्यटन नेपाल, टंकलाल घिसिङ, पारस खड्का, सावित्रा भण्डारी, नेपाली खेल समाचार.

‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ शीर्षकको सेसनमा वरिष्ठ खेल पत्रकार सरिता श्रेष्ठले मोडरेशन गरिन्। यसमा तेक्वान्दोकी आयशा शाक्य, फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा), भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी एरिका गुरुङले आ–आफ्ना अनुभव साझा गरे।

‘नेपाली खेलकुदमा युवा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकको दोस्रो सेसनमा सम्पादक प्रकाश तिमल्सिनाले मोडरेट गरे। सहभागी वक्ताहरूमा पूर्व मन्त्री विराजभक्त श्रेष्ठ, क्यानका सचिव पारस खड्का, फुटबल संघ अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकाल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।