पब्जी मोबाइल विश्वकपमा नेपालकाे ‘होरा’ इस्पोर्ट्स नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

होरा इस्पोर्ट्स PUBG 2025, पब्जी मोबाइल विश्वकप नेपाल, नेपाली टिम पब्जी, नेपाली इ-स्पोर्ट्स, सर्भाइभल स्टेज चिकेन डिनर, Hora Esports Prize, Nepal in PUBG World Cup

होरा इस्पोर्ट्स PUBG 2025, पब्जी मोबाइल विश्वकप नेपाल, नेपाली टिम पब्जी, नेपाली इ-स्पोर्ट्स, सर्भाइभल स्टेज चिकेन डिनर, Hora Esports Prize, Nepal in PUBG World Cup

साउन १९, २०८२।

रियाद – साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकप २०२५ मा नेपालकाे प्रतिनिधित्व गरिरहेको ‘होरा इस्पोर्ट्स’ टिमले विश्वकपको नवौं स्थान हासिल गर्दै डेढ करोड रुपैयाँभन्दा बढी नगद पुरस्कार जितेको छ।

१८ खेलको फाइनल चरणमा १०० अंक जोड्दै होरा इस्पोर्ट्सले अन्तिम खेलमा चिकेन डिनर जित्दै आफ्नो प्रदर्शनलाई सशक्त बनायो। होराले यस प्रतिस्पर्धाबाट १ लाख २७ हजार ५०० अमेरिकी डलर (नेपाली रूपैयाँमा झण्डै १ करोड ७८ लाख ९७ हजार) जित्न सफल भएको छ।

ग्रुप स्टेज – १३औं स्थानसहित $27,500
सर्भाइभल स्टेज – २ चिकेन डिनरसहित $25,000
शो म्याच – $15,000
फाइनल नवौं स्थान – $60,000
जम्मा पुरस्कार रकम = $127,500

ग्रुप स्टेजमा १३औं स्थानमा रहेकाले होराले सिधा फाइनलको टिकट पाएको थिएन। त्यसपछि सर्भाइभल स्टेजमा शानदार प्रदर्शन गर्दै १२ खेलमा २ चिकेन डिनरसहित १०८ अंक जोड्दै फाइनल चरणमा प्रवेश गरेको थियो।

नेपाली टिम होरा इस्पोर्ट्सले साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हात पार्दै १.७८ करोड रुपैयाँ बराबरको पुरस्कार

सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शनले नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक उजागर गराएको छ। यससँगै नेपालबाट प्रतिस्पर्धामा सहभागी भएको ‘होरा’ इस्पोर्ट्स टोलीले नेपाली गेमिङ समुदायमा गर्विलो उपस्थिति जनायो।

पब्जी मोबाइल विश्वकप २०२५ को उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्स (Y.G Esports) ले जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।