Headlines

न्यु डायमण्ड बने राष्ट्रिय महिला भलिबल च्याम्पियन

न्यु डायमण्ड बन्यो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन

काठमाडौं दैनिक, असार १२,२०८२

स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

सदावहार उपाधिको दावेदार डायमण्ड छैटौं केएनपी महिला भलिबल प्रतियोगितामा एपिएफलाई नै पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछिका विभिन्न प्रतियोगिताको फाइनलमा पुगेर पनि डायमण्ड उपाधि विमुख बनिरहको अवस्थामा यसपटक भने डायमण्डले फाइनलको उपाधी जित्न सफल भएको छ।

मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा न्यु डायमण्डले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा एक समय ७ अंकले पछि परेको न्यु डायमण्डले सानदार पूनरागमन गर्दै २५–२३ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्यो । ९–१० ले पछि रहेको डायमण्ड त्यसपछि खेलमा ११–१८ ले पछि पर्यो ।

त्यसपछि पनि हार नमानेको डायमण्डले खेललाई २०–२२ को स्थितिबाट खेललाई २३–२३ को बराबरीमा ल्याउदा अर्काे २ अंक बुटुल्दै खेल सेट नै आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटको सुरुवात केही प्रतिस्पर्धात्मक बन्यो । ५–५ को बराबरीको स्थितिमा एपिएफले रेफ्रीको निर्णय गलत रहेको भन्दै कोर्ट छाडेपछि खेल केहीबेर रोकिन पुगको थियो । खेल पुनः सुचारु हुँदा डायमण्डले खेलमा १०–५ को अग्रता बनायो । त्यसपछि एपिएफले खेलमा फर्कने प्रयास गरेपनि डायमण्डलाई नतिजा २५–१८ ले सुम्पन पुग्यो ।

लिग चरणमा पनि डायमण्डले एपिएफमाथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । सेमिफाइनलमा पुलिसविरुद्ध सानदार प्रदर्शन गरेकी निरुता ठगुन्ना, पुजा चौधरी र सृष्टि खड्गी र गरिमा बोहोरा फाइनलमा डायमण्डविरुद्ध भने खुलेर खेल्नै सकेनन् ।

अर्काेतर्फ यस प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेका सलिना बुढामगर, सुमित्रा रेग्मी, निशा महर र जेनिशा विश्वकर्मा र प्रगतिनाथले एपिएफलाई कुनै मौका नदिदा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

उपाधिसँगै डायमण्डले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले ३ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले एक लाख र चौथो भएको गण्डकी प्रदेशले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बुधबार पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।

खेलमा च्याम्पियन डायमण्डकी सुमित्रा रेग्मी सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै प्रमाण पत्र प्राप्त गरेको छ । गण्डकीकी क्जिना बोटे उदियमान खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै ५ हजार रुपैया र प्रामणपत्र प्राप्त गरिन् ।

डायमण्डकी प्रगतिनाथ सेटर, सलिना श्रेष्ठ लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफकी निरुता ठगुन्ना स्पाइकर र गरिमा बोहोरा उत्कृष्ट ब्लकर घोषित भइन् । पुलिसकी कोपिना राना सर्भर घोषित भइन् । उनीहरुले समान ५ हजार, ट्रफी र प्रमाण्पत्र प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलगायतले पुरस्कार वितरण गरेका गर्नु भएको थियो ।

नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) को आयोजनामा शनिबार हेटौंडामा लिग कम नकआउटका आधारमा ७ असारबाट शुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको थियो।

खेल विशेष :
सर्वाेत्कृष्ट – सुमित्रा रेग्मी (न्यु डायमण्ड)
उदियमान खेलाडी – रिक्जना बोटे (गण्डकी)
स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)
सर्भर – कोपिला राना (पुलिस)
लिवेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
ब्लकर – गरिमा बोहोरा (एपिएफ)
सेटर – प्रगतिनाथ (न्यु डायमण्ड)
प्रशिक्षक – कुमार राई (न्यु डायमण्ड)

 

तपाईंको चासो गुनासो र प्रतिक्रिया हामीलाई साझा गर्नुहोस् ।

काठमाडौं दैनिक, सहकर्मी  उपसना पौडेल kathmandudainik.newsdesk@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *