नेपाली वादोरियो कराते टोली श्रीलंका प्रस्थान गर्दै

वादोरियो कराते नेपाल, श्रीलंका कराते प्रतियोगिता, नेपाली कराते खेलाडी, अन्तर्राष्ट्रिय कराते २०२५, कराते श्रीलंका, नेपाली खेलकुद समाचार पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।
वादोरियो कराते नेपाल, श्रीलंका कराते प्रतियोगिता, नेपाली कराते खेलाडी, अन्तर्राष्ट्रिय कराते २०२५, कराते श्रीलंका, नेपाली खेलकुद समाचार
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।

साउन २०, २०८२।

काठमाडौं – नेपाली वादोरियो कराते टोली आगामी पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन श्रीलंकातर्फ प्रस्थान गर्ने भएको छ। आगामी अगष्ट ७ र ८ मा श्रीलंकाको रत्नापुरा शहरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन ७ सदस्यीय नेपाली टोली बुधबार प्रस्थान गर्ने तयारीमा छ।

टोलीमा ५ जना खेलाडी र २ जना अफिसियल छन्। पुरुषतर्फ ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ भने ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले नेपालको प्रतिनिधित्व गर्नेछन्।

टोलीको नेतृत्व नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले प्रमुख प्रशिक्षकका रूपमा गर्दै छन् भने राजकुमार कार्की अफिसियलको रूपमा सहभागी छन्।

खेलाडीहरूलाई मंगलबार पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वादोरियो कराते टोलीले विगतमा देखाएको उत्कृष्ट प्रदर्शनको स्मरण गर्दै यसपटक पनि पदक जित्ने विश्वास व्यक्त गरे। उनले टोलीलाई सफलताको शुभकामना पनि दिए।

नेपालमा वादोरियो करातेले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाउँदै आएको छ। यसपटक पनि टोलीमा समावेश युवा खेलाडीहरू प्रतिस्पर्धात्मक आत्मविश्वासका साथ श्रीलंका जान लागेका छन्।

टोलीमा समावेश युवा खेलाडीहरूको उमेर, ऊर्जा र उत्साहले नेपाली करातेको भविष्य उज्ज्वल देखिएको छ। यस किसिमको सहभागिताले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिने मात्र होइन, राष्ट्रिय स्तरमा कराते खेलप्रति जनचासो र प्रेरणा समेत थप्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।