नेपाली वादोरियो कराते टोली श्रीलंका प्रस्थान गर्दै

वादोरियो कराते नेपाल, श्रीलंका कराते प्रतियोगिता, नेपाली कराते खेलाडी, अन्तर्राष्ट्रिय कराते २०२५, कराते श्रीलंका, नेपाली खेलकुद समाचार पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।
वादोरियो कराते नेपाल, श्रीलंका कराते प्रतियोगिता, नेपाली कराते खेलाडी, अन्तर्राष्ट्रिय कराते २०२५, कराते श्रीलंका, नेपाली खेलकुद समाचार
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।

साउन २०, २०८२।

काठमाडौं – नेपाली वादोरियो कराते टोली आगामी पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन श्रीलंकातर्फ प्रस्थान गर्ने भएको छ। आगामी अगष्ट ७ र ८ मा श्रीलंकाको रत्नापुरा शहरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन ७ सदस्यीय नेपाली टोली बुधबार प्रस्थान गर्ने तयारीमा छ।

टोलीमा ५ जना खेलाडी र २ जना अफिसियल छन्। पुरुषतर्फ ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ भने ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले नेपालको प्रतिनिधित्व गर्नेछन्।

टोलीको नेतृत्व नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले प्रमुख प्रशिक्षकका रूपमा गर्दै छन् भने राजकुमार कार्की अफिसियलको रूपमा सहभागी छन्।

खेलाडीहरूलाई मंगलबार पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री शक्ति बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतले खुमलटारस्थित कार्यक्रममा बिदाइ गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वादोरियो कराते टोलीले विगतमा देखाएको उत्कृष्ट प्रदर्शनको स्मरण गर्दै यसपटक पनि पदक जित्ने विश्वास व्यक्त गरे। उनले टोलीलाई सफलताको शुभकामना पनि दिए।

नेपालमा वादोरियो करातेले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाउँदै आएको छ। यसपटक पनि टोलीमा समावेश युवा खेलाडीहरू प्रतिस्पर्धात्मक आत्मविश्वासका साथ श्रीलंका जान लागेका छन्।

टोलीमा समावेश युवा खेलाडीहरूको उमेर, ऊर्जा र उत्साहले नेपाली करातेको भविष्य उज्ज्वल देखिएको छ। यस किसिमको सहभागिताले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिने मात्र होइन, राष्ट्रिय स्तरमा कराते खेलप्रति जनचासो र प्रेरणा समेत थप्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।