Headlines

नेपाली कांग्रेसको महाधिवेशन २०८३ मंसिरमै गर्नुपर्ने नेता कोइरालाको माग

कांग्रेस महाधिवेशन २०८३ मंसिरमै गर्नुपर्ने नेता कोइरालाको माग

असार १५, २०८२। काठमाडौं दैनिक संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन्।

चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टी नेतृत्वमा स्पष्ट र एकताबद्ध दिशा तय गर्न महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्नु अत्यावश्यक रहेको बताउनु भएको छ ।

उनले पार्टीभित्रको नेतृत्व तहमा आवश्यक सक्रियता र तत्परता अझै नदेखिएको भन्दै चिन्ता व्यक्त गरे। महाधिवेशनमा ढिलाइ भए कार्यकर्तामा निराशा बढ्नेछ। त्यसैले समयमै निर्वाचन गरेर लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्नुपर्छकोइरालाले भने।

कोइरालाले वर्तमान नेतृत्व संरचनामा सन्तुलन नदेखिएको र सहकार्यको भावना कमजोर भइरहेको बताए। अब हामीसँग गगन थापा जस्ता युवा नेतासँग मिलेर सहमतिमा नेतृत्व विकास गर्न जरुरी छ उनले भने।

उनले हाल गगन थापा र आफू एउटै लाइनमा रहेको भन्दै पार्टी सभापतिको लागि सबैलाई मिलाएर लैजाने सामर्थ्य आफूमा रहेको दाबी गरे। यही प्रक्रिया सफल पार्न हामीले मिलेर महाधिवेशनलाई समयमै सम्पन्न गर्नु जरुरी छ उनले भने।

कोइरालाले संसदको दीर्घकालीन गतिरोधले लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पारेको भन्दै सरकार र विपक्षी दलहरुलाई आपसी समझदारीमा समाधान खोज्न समेत आव्हान गरे।

आज संसद चल्न सकेको छैन । विधेयकहरू पास हुन सकिरहेका छैनन्। सरकारसँग मात्रै नभइ प्रतिपक्षसँग पनि संवाद गरेर सहमति बनाउने वातावरण चाहिएको छ कोइरालाले स्पष्ट पारे।

उनले सत्तारुढ गठबन्धनलाई प्रतिपक्षी दलसँग पनि समन्वय गरेर अघि बढ्न सुझाव दिए। माओवादी केन्द्रलाई साथ लियो भने रास्वपा, राप्रपा जस्ता विपक्षी दललाई पनि छलफलमा सामेल गर्न सकिन्छ उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा उठाएको गृहमन्त्रीको राजीनामाको मागबारे बोल्दै कोइरालाले ती दलहरूको मुख्य चाहना गम्भीर विषयमा छानबिन भएको स्पष्ट पारे।

मलाई लाग्छ उनीहरू पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा निष्पक्ष छानबिन गर्न आयोग गठनको माग गरिरहेका छन्। यसले न्यायिक प्रक्रिया बलियो हुन्छ उनले भने।

उनले गृहमन्त्रीको व्यक्तिगत राजीनामा भन्दा पनि संस्थागत निष्पक्षता र पारदर्शितामा केन्द्रित हुनुपर्ने धारणा राखे।

कांग्रेस पार्टी नेपालको सबैभन्दा पुरानो र संस्थागत पार्टी भए पनि पछिल्लो केही वर्षदेखि आन्तरिक गुटबन्दी र नेतृत्वको स्पष्ट नीतिको अभावले कमजोर हुँदै गएको छ। त्यसैले समयमै महाधिवेशन गर्न सक्ने क्षमता देखाउनु वर्तमान नेतृत्वको परीक्षाको दायित्व हो।

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने: नियमित अन्तरालमा महाधिवेशन सम्पन्न गर्नु कांग्रेसको मूल सिद्धान्तमा आधारित अभ्यास हो।

सरकार र प्रतिपक्षबीचको चिसिएको सम्बन्धले मुलुकमा नीति निर्माणदेखि कानुनी व्यवस्थासम्म अवरुद्ध छ।
यस्तो परिस्थितिमा कांग्रेसजस्तो दलले अग्रसर भूमिका नखेले लोकतान्त्रिक मूल्यहरू थप कमजोर हुने विश्लेषकहरू बताउँछन्।

सरकारमा नहुँदा पनि कांग्रेसले राष्ट्रिय एजेन्डा अघि सार्नुपर्छ। जनतालाई संगठित पार्ने काम अहिले पनि कांग्रेसले गर्न सक्छ वरिष्ठ विश्लेषक रमेशकुमार न्यौपाने भन्छन्।

नेता कोइरालाको अभिव्यक्तिबाट स्पष्ट हुन्छ कि उनी संविधानप्रतिको प्रतिबद्धता र लोकतान्त्रिक मूल्यहरू जोगाउने विषयमा सजग छन्।

उनले बारम्बार सहमतिमा जोड दिँदै सरकारलाई समेत स्पष्ट सन्देश दिएका छन् जनताको मतको सम्मान गर्नुछ भने, सत्ता र विपक्षबीच संवाद र सहकार्य अपरिहार्य हुन्छ।

कोइरालाको चितवनमा दिएको अभिव्यक्तिले कांग्रेसको आगामी यात्रालाई दिशा दिने प्रयास गरेको देखिन्छ। पार्टीभित्रको एकता, नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, संसदको गतिरोध अन्त्य र निष्पक्ष छानबिनका मागहरू उनले उठाएका छन्।

यस्ता दृष्टिकोणहरू केवल पार्टी भित्रको मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि गम्भीर बहस र संवादको खाँचोको संकेत छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *