नेपालद्वारा भारत ९२ रनले पराजित, हङकङ सिक्सेसमा पहिलो जित

नेपाल भारत क्रिकेट, हङकङ सिक्सेस, नेपालको पहिलो जित, रसिद खान, सन्दीप जोरा, Kathmandu Dainik, खेलकुद समाचार

कार्तिक २२, २०८२।   उपसना पौडेल

नेपाल भारत क्रिकेट, हङकङ सिक्सेस, नेपालको पहिलो जित, रसिद खान, सन्दीप जोरा, Kathmandu Dainik, खेलकुद समाचार

काठमाडौं – हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले भारतलाई ९२ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।

नेपालले दिएको १३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत तीन ओभरमै अलआउट हुँदै ४५ रनमा समेटिएको थियो। भारतका भरत चिप्ली र प्रियांक पञ्चालले समान १२–१२ रन बनाए भने रोविन उथप्पा पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले सात–सात रन जोडेका थिए ।

नेपाल भारत क्रिकेट, हङकङ सिक्सेस, नेपालको पहिलो जित, रसिद खान, सन्दीप जोरा, Kathmandu Dainik, खेलकुद समाचार

नेपालका लागि रसिद खानले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका थिए। त्यस्तै रुपेश सिंह र बसिर अहमदले समान दुई–दुई विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा कुनै पनि विकेट नगुमाई १३७ रन बनाएको थियो। रसिद खानले ५५ रनको धमाकेदार योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन जोड्न सफल भए।

जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो। यसअघि समूह चरणमा नेपाल दक्षिण अफ्रिका र श्रीलङ्कासँग पराजित भएको थियो भने हिजो अफगानिस्तानसँग पनि हार बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।