नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक

नासा सेक्युरिटिज, नेपाली राष्ट्रिय क्रिकेट टिम, नेपाल क्रिकेट संघ, क्यान, जर्सी प्रायोजन, नेपाली क्रिकेट समाचार, क्रिकेट नेपाल, पारस खड्का, चतुर बहादुर चन्द, नासा सेक्युरिटिज जर्सी स्पोन्सर, नेपाली क्रिकेट जर्सी, नासा सेक्युरिटिज प्रायोजक, नेपाल क्रिकेट प्रायोजन सम्झौता सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरे।
नासा सेक्युरिटिज, नेपाली राष्ट्रिय क्रिकेट टिम, नेपाल क्रिकेट संघ, क्यान, जर्सी प्रायोजन, नेपाली क्रिकेट समाचार, क्रिकेट नेपाल, पारस खड्का, चतुर बहादुर चन्द, नासा सेक्युरिटिज जर्सी स्पोन्सर, नेपाली क्रिकेट जर्सी, नासा सेक्युरिटिज प्रायोजक, नेपाल क्रिकेट प्रायोजन सम्झौता
सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरे।

साउन २५, २०८२।

काठमाडौं – नेपाली  राष्ट्रिय क्रिकेट टिमले अब नयाँ जर्सीसँगै नयाँ प्रायोजक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आइतबार जर्सी प्रायोजन सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार अब टिमको आधिकारिक जर्सीमा नासा सेक्युरिटिजको लोगो रहनेछ।

सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरेका छन्। कार्यक्रममा राखेप सदस्य–सचिव टंकलाल घिसिङ, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना, नासाका अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो।

क्यानका सचिव पारस खड्काले यो सम्झौता बिडिङ प्रक्रियाबाट सम्पन्न भएको जानकारी दिँदै तीन वर्षका लागि वार्षिक २ करोड ३६ लाख रुपैयाँको सम्झौता भएको बताए। उनले यसलाई नेपाली क्रिकेटको लागि ऐतिहासिक कदमको रूपमा वर्णन गरे।

सम्झौता घोषणासँगै नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो जसलाई उपस्थित अतिथिहरूले संयुक्त रूपमा अनावरण गरेका थिए। यस साझेदारीले नेपाली क्रिकेटको वित्तीय स्थायित्व र ब्रान्ड मूल्य वृद्धि गर्ने विश्वास गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, अन्तर्राष्ट्रिय उडान, रुपन्देही, पर्यटन विकास, होटल लगानी, विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी पर्यटन, विमानस्थल दबाब, विमानस्थल संघर्ष समिति, विमानस्थल समस्या
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भदौ १, २०८२।

भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनको लागि निजी क्षेत्रलाई जिम्मेवारी दिने तयारी भइरहेको बताएका छन्।

भैरहवामा आयोजित छलफल कार्यक्रममा उनले निजी क्षेत्रलाई निषेध गर्नु अनुचित हुने भन्दै रातो कार्पेट बिछ्याएर लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

मन्त्री पाण्डेका अनुसार सुरक्षाजस्ता संवेदनशील पक्षहरू सरकारको मातहतमै रहने भए पनि अन्य सञ्चालन पक्ष निजी क्षेत्रमा हस्तान्तरण गरिन सक्नेछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, अन्तर्राष्ट्रिय उडान, रुपन्देही, पर्यटन विकास, होटल लगानी, विमानस्थल सञ्चालन, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी पर्यटन, विमानस्थल दबाब, विमानस्थल संघर्ष समिति, विमानस्थल समस्या
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,

कार्यक्रममा सहभागी स्थानीय, उद्योगी तथा व्यवसायीहरूले विमानस्थलको भविष्यबारे स्पष्ट नीति आवश्यक रहेको भन्दै सरकारलाई चाँडो निर्णय गर्न आग्रह गरेका थिए।

नेपाल एयरलाइन्समार्फत नियमित उडान गरिनुपर्ने माग पनि छलफलमा उठाइएको थियो। हालका केही अन्तर्राष्ट्रिय उडानहरू यात्रु संख्या पर्याप्त भए पनि नियमित हुन नसकेको भन्दै सेवा विस्तारका लागि सहकार्य जरुरी रहेको सरोकारवालाहरूले बताए।