साउन २९, २०८२। एजेन्सी
काठमाडौं – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएलकी पत्नी तथा (पूर्वप्रथम महिला) किम किओन हीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि स्टक हेरफेर, घूस लिने र राजनीतिक हस्तक्षेप गरेको आरोप लागेको छ। अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो।
किमले बीएमडब्ल्यू कम्पनीको शेयर हेरफेर गरी करिब ८ करोड वोन नाफा कमाएको आरोप छ। युनिफिकेशन चर्चबाट घूसस्वरूप झोला र हिराको हार लिएको समेत दाबी गरिएको छ।
उनले २०२२ र २०२४ का निर्वाचनमा उम्मेदवार चयनमा समेत हस्तक्षेप गरेको बताइएको छ। यो घटना दक्षिण कोरियाको इतिहासमा पहिलो पटक हो जहाँ एकैपटक पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुवै जेलमा परेका छन्।
पूर्वराष्ट्रपति युन सुक योएलले कार्यकालमा पत्नीविरुद्ध विशेष छानबिन गर्न प्रस्तावित विधेयकमा वीटो गरेका थिए। तर नयाँ राष्ट्रपति ली जे म्युङको कार्यकालमा उक्त अनुसन्धान अघि बढाइएको हो।