त्रिभुवन विश्वविद्यालय पठनपाठनको केन्द्र कि आन्दोलनस्थल?

त्रिभुवन विश्वविद्यालय,विद्यार्थी आन्दोलन,शुल्क विवाद रिले अनसन,क्रान्तिकारी विद्यार्थी संगठन,उपकुलपति दीपक अर्याल

त्रिभुवन विश्वविद्यालय,विद्यार्थी आन्दोलन,शुल्क विवाद
रिले अनसन,क्रान्तिकारी विद्यार्थी संगठन,उपकुलपति दीपक अर्याल

साउन २८, २०८२।

काठमाडौं  – त्रिभुवन विश्वविद्यालय (त्रिवि) हाल पठनपाठनको केन्द्रभन्दा बढी विद्यार्थी आन्दोलन र धर्नाको स्थल बनेको छ। विश्वविद्यालय परिसरमा क्रान्तिकारी विद्यार्थीहरूको अनसन, धर्ना र कार्यालय तोडफोडका दृश्यले शिक्षण संस्थाको शान्ति भंग भएको संकेत गरेका छन्।

क्रान्तिकारी विद्यार्थी संगठनका सदस्यहरू चार विभाग कन्फ्लिक्ट म्यानेजमेन्ट, सामाजिक कार्य, जेन्डर स्टडिज र इन्टरनेसनल रिलेसनको शुल्क विवादलाई लिएर २१ दिनदेखि विश्वविद्यालय परिसरमा रिले अनसन बसिरहेका छन्। बुधबार बिहान उनीहरूले पालभित्र गुन्द्रुक र भात पकाएर खाए, जसको सूचना उपकुलपति प्रा.डा. दीपक अर्यालसम्म पुग्यो। उपकुलपतिले विद्यार्थीको यस्तो गतिविधिलाई “रमाइलो जात्रा” भनेर व्याख्या गरे।

विश्वविद्यालयका प्राध्यापकहरू भने यसलाई अराजक व्यवहार र दलगत राजनीतिका कारण त्रिविमा भय र त्रास फैलिएको बताउँछन्। उपकुलपति अर्यालले विश्वविद्यालयमा काम गर्ने वातावरण नभएको र सुरक्षा सुनिश्चित गर्न गृह प्रशासनसँग सहयोग मागेको बताए।

उपकुलपति अर्यालका भने, चार विभागको शुल्क अन्य विभाग जस्तै कायम नगरेसम्म विद्यार्थी आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन्। उनीहरूले प्रति सेमेस्टर ३६ हजार शुल्क कायम रहनुपर्ने माग राखेका छन्, जबकि अन्य विभागमा १३ हजारदेखि १८ हजार मात्र शुल्क छ। उपकुलपति अर्यालले भने, यी चार विभाग निजी कार्यक्रमकै रुपमा रहेकोले शुल्क घटाउन सकिँदैन।

विश्वविद्यालयले निजी कार्यक्रमलाई केन्द्रीय विभागको रूपमा रूपान्तरण गरे पनि शुल्क नियम पुरानै राख्नुले विवाद थप उब्जाएको छ।

विश्वविद्यालयमा विद्यार्थी आन्दोलनले केवल शुल्क विवाद मात्रै नभई प्रशासन र प्राध्यापकहरूको मनोबलमा पनि असर पारेको छ। उपकुलपति अर्यालले आफ्नो कार्यक्षेत्रमा काम गर्न नसक्दा र विदेशी प्राज्ञिकहरूसँग छलफल गर्न नपाउँदा लज्जास्पद  महसुस भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।