Headlines

“तपस्वी” बोम्जनको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्दै सरकार

हान्यायाधिवक्ता कार्यालयले बाल यौन दुराचारको अभियोगमा सफाइ पाएका रामबहादुर बम्जनको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ। उच्च अदालत जनकपुरको फैसला

हान्यायाधिवक्ता कार्यालयले बाल यौन दुराचारको अभियोगमा सफाइ पाएका रामबहादुर बम्जनको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ। उच्च अदालत जनकपुरको फैसला

काठमाडौं, साउन ९ – बाल यौन दुराचारको अभियोग लागेका तपस्वी रामबहादुर बोम्जन विरुद्ध उच्च अदालत जनकपुरले दिएको सफाइ त्रुटिपूर्ण भएको निष्कर्ष निकाल्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ।

सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना फैसला गरेको बोम्जनलाई उच्च अदालत जनकपुरले हदम्याद नाघेको भन्दै सफाइ दिएको थियो। तर महान्यायाधिवक्ता रमेश बडालले बिहीबार उक्त फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै पुनरावेदन गर्ने निर्णय गरेका हुन्।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार उच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण भएकाले बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिन्छ।

रामबहादुर बम्जन, बाल यौन दुराचार, बम्जन पुनरावेदन, महान्यायाधिवक्ता नेपाल, बम्जन सफाइ, सर्लाही बाल यौन शोषण, उच्च अदालत जनकपुर फैसला, सर्वोच्च पुनरावेदन बम्जन

२०७६ माघ २३ मा सर्लाहीमा बालयौन दुराचारको जाहेरी परेको थियो। अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बोम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म कैद र क्षतिपूर्तिको मागसहित अभियोगपत्र दायर गरेको थियो।

२०७८ असार १७ मा जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बोम्जनलाई दोषी ठहर गरेको थियो। त्यसपछि बम्जनले २०८१ असोज ४ मा उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए।

२०८१ चैत ६ गते न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले हदम्यादको कारण देखाउँदै अभियोगपत्र खारेज गर्ने निर्णय सुनाएको थियो। फैसलामा “हदम्यादभित्र अभियोगपत्र दर्ता नभएकाले मुद्दा अगाडि बढ्न सक्दैन” भन्ने उल्लेख थियो।

रामबहादुर बम्जन, बाल यौन दुराचार, बम्जन पुनरावेदन, महान्यायाधिवक्ता नेपाल, बम्जन सफाइ, सर्लाही बाल यौन शोषण, उच्च अदालत जनकपुर फैसला, सर्वोच्च पुनरावेदन बम्जन

बारा, निजगढका बोम्जन घटनापछि फरार रहेको प्रहरीको भनाइ थियो। २०८१ पुस २४ मा बुढानीलकण्ठ, काठमाडौंबाट बम्जनलाई प्रहरीले पक्राउ गरेको थियो। हाल उनी कारागार कार्यालय जलेश्वर, महोत्तरीमा थुनामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *