टिकटक एभरेष्ट महिला भलिबल लिगको ‘इन्टरटेनमेन्ट पार्टनर’

एभरेष्ट महिला भलिबल लिग, टिकटक इन्टरटेनमेन्ट पार्टनर, महिला भलिबल नेपाल, वात्सल्य महिला भलिबल लिग, महिला खेलाडी सशक्तिकरण, नेपाल भलिबल संघ, महिला भलिबल फ्रेन्चाइज लिग, भलिबल लिग २०८२, टिकटक नेपाल, महिला खेलकुद नेपाल, नेपाल महिला भलिबल, महिला भलिबल प्रतियोगिता, महिला भलिबल टुर्नामेन्ट, नेपाली महिला खेलाडी, खेलकुद समाचार नेपाल

साउन २३, २०८२।

काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि लोकप्रिय छोटो भिडियो प्लेटफर्म ‘टिकटक’ आधिकारिक इन्टरटेनमेन्ट पार्टनर बनेको छ। आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सेप्टेम्बर ५ देखि १३ (भदौ २०–२८) सम्म हुने लिगमा टिकटकको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो।

यो साझेदारीको उद्देश्य लिगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने, नेपाली महिला खेलाडीको सशक्तिकरणलाई बढावा दिने र खेलको सांस्कृतिक तथा राष्ट्रिय महत्त्वलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्‍याउने रहेको आयोजकले जनाएको छ।

टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदका अनुसार यो सहकार्य नेपाली राष्ट्रिय खेललाई ‘उत्सव’को रूपमा मनाउने, महिला खेलको कथा विश्वव्यापी दर्शकसम्म पुर्‍याउने र अन्तर्राष्ट्रिय पहिचान दिलाउने ऐतिहासिक अवसर हो।

एभरेष्ट महिला भलिबल लिग, टिकटक इन्टरटेनमेन्ट पार्टनर, महिला भलिबल नेपाल, वात्सल्य महिला भलिबल लिग, महिला खेलाडी सशक्तिकरण, नेपाल भलिबल संघ, महिला भलिबल फ्रेन्चाइज लिग, भलिबल लिग २०८२, टिकटक नेपाल, महिला खेलकुद नेपाल, नेपाल महिला भलिबल, महिला भलिबल प्रतियोगिता, महिला भलिबल टुर्नामेन्ट, नेपाली महिला खेलाडी, खेलकुद समाचार नेपाल

वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईंले यो सहकार्यलाई “गेम चेन्जर” भन्दै यसले महिला खेलको कथा गाउँ–सहर र विश्वसामु पुर्‍याउनेमा विश्वास व्यक्त गरिन्।

यस साझेदारीअन्तर्गत पर्दा पछाडिका दृश्य, डिजिटल च्यालेन्ज (#EWVOnTikTok #AbaPaloMahilako), भलिबल स्टार र कन्टेन्ट क्रिएटरबीचको सहकार्य, लाइभ अपडेट, हाइलाइट भिडियो र स्टेडियममा ‘टिकटक जोन’ जस्ता गतिविधि हुनेछन्।

एसियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिगका रूपमा परिचित EWVL लाई नेपाल भलिबल संघले स्वीकृति प्रदान गरेको छ, र यसका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।