जेन–जी आन्दोलन अपराधीकरणको त्रास: बाबुराम भट्टराईको चेतावनी र नयाँ पुस्तालाई सन्देश

जेन–जी आन्दोलन, बाबुराम भट्टराई, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति, वैकल्पिक राजनीति, आन्दोलन अपराधीकरण, नेपाली राजनीति, मानुषी यमी, जेन–जी अगुवा, नयाँ पुस्ताको राजनीति

कार्तिक २०, २०८२।   उपसना पौडेल 

जेन–जी आन्दोलन, बाबुराम भट्टराई, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति, वैकल्पिक राजनीति, आन्दोलन अपराधीकरण, नेपाली राजनीति, मानुषी यमी, जेन–जी अगुवा, नयाँ पुस्ताको राजनीति

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले बिहीबार बानेश्वरमा आयोजना गरेको ‘जेन–जी अगुवाहरूसँग अन्तरसंवाद’ कार्यक्रममा नयाँ पुस्ताका राजनीतिक दृष्टिकोण, आन्दोलनको स्वरूप र वैकल्पिक राजनीतिक यात्राबारे गम्भीर छलफल भएको छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, नेतृ मानुषी यमी भट्टराई लगायतका वरिष्ठ नेता र जेन–जी मुभमेन्ट अलायन्सका अगुवाहरूको सहभागिता रहेको थियो ।

जेन–जी आन्दोलनका अगुवाहरूले आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको भन्दै गहिरो चिन्ता व्यक्त गरे। उनीहरूले आन्दोलनको वैधानिकता र संस्थागत पहिचानको माग गर्दै राज्यसत्ताले यो चेतनाको लहरलाई दमन होइन, संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताए।

जेन–जी अलायन्सकी प्रतिनिधि साकेन याम्पु राईले भनिन्, यो आन्दोलन कुनै व्यक्तिको होइन, सामूहिक चेतनाको परिणाम हो। यसलाई अपराधीकरण गर्न खोज्नु न्यायसंगत हुँदैन।

त्यस्तै अगुवा माजिद अन्सारीले भने, अराजकता नियन्त्रण हुनुपर्छ तर आन्दोलनकारीलाई अपराधी ठहर्याउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्राको “चौथो खुडकिलो”को रूपमा व्याख्या गरे। उनले भने, हामीले लोकतन्त्र ल्यायौं तर सुशासन र समृद्धिको काम अधुरो छ। अहिलेको पुस्ता त्यो अधुरो सपना पूरा गर्न जिम्मेवार छ।

भट्टराईले नयाँ पुस्तालाई प्रविधि, ज्ञान र समावेशी दृष्टिकोणसहित राजनीतिक पुनरसंरचनामा अग्रसर हुन सुझाव दिए। उनका अनुसार, संविधान आधा भरिएको गिलास हो आधा खाली पनि छ। त्यसलाई पूरा गर्न जेन–जी पुस्ताको जागरण जरुरी छ ।

एमआईटी स्नातक हेम चौधरीले अर्थनीति र नीति निर्माणमा नयाँ पुस्ताको आवाज समेटिनुपर्ने बताए। उनले भने, “राजनीति र प्रविधि अलग विषय होइनन्; यी दुई मिलेर मात्र रोजगार र उत्पादनमुखी अर्थतन्त्र सम्भव हुन्छ।

त्यस्तै अमित खनालले निर्वाचन प्रणालीमा सुधारको माग गर्दै भने, पैसाविना राजनीति गर्न नसकिने व्यवस्था परिवर्तन नभएसम्म युवाको सहभागिता सम्भव छैन।

कार्यक्रमको अन्त्यमा डा. भट्टराईले जेन–जी आन्दोलनलाई नयाँ चेतनाको राजनीतिक रूपान्तरणको अवसरका रूपमा लिँदै, पुरानो संरचनाको सीमाभन्दा बाहिर सोच्न आग्रह गरे।
उनले भने, पुरानो सोचले नयाँ पुस्ताको बाटो रोकेको छ। अबको आन्दोलन ज्ञान, विनम्रता र जिज्ञासाको संगम हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।