जेन–जी आन्दोलन अपराधीकरणको त्रास: बाबुराम भट्टराईको चेतावनी र नयाँ पुस्तालाई सन्देश

जेन–जी आन्दोलन, बाबुराम भट्टराई, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति, वैकल्पिक राजनीति, आन्दोलन अपराधीकरण, नेपाली राजनीति, मानुषी यमी, जेन–जी अगुवा, नयाँ पुस्ताको राजनीति

कार्तिक २०, २०८२।   उपसना पौडेल 

जेन–जी आन्दोलन, बाबुराम भट्टराई, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति, वैकल्पिक राजनीति, आन्दोलन अपराधीकरण, नेपाली राजनीति, मानुषी यमी, जेन–जी अगुवा, नयाँ पुस्ताको राजनीति

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले बिहीबार बानेश्वरमा आयोजना गरेको ‘जेन–जी अगुवाहरूसँग अन्तरसंवाद’ कार्यक्रममा नयाँ पुस्ताका राजनीतिक दृष्टिकोण, आन्दोलनको स्वरूप र वैकल्पिक राजनीतिक यात्राबारे गम्भीर छलफल भएको छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, नेतृ मानुषी यमी भट्टराई लगायतका वरिष्ठ नेता र जेन–जी मुभमेन्ट अलायन्सका अगुवाहरूको सहभागिता रहेको थियो ।

जेन–जी आन्दोलनका अगुवाहरूले आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको भन्दै गहिरो चिन्ता व्यक्त गरे। उनीहरूले आन्दोलनको वैधानिकता र संस्थागत पहिचानको माग गर्दै राज्यसत्ताले यो चेतनाको लहरलाई दमन होइन, संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताए।

जेन–जी अलायन्सकी प्रतिनिधि साकेन याम्पु राईले भनिन्, यो आन्दोलन कुनै व्यक्तिको होइन, सामूहिक चेतनाको परिणाम हो। यसलाई अपराधीकरण गर्न खोज्नु न्यायसंगत हुँदैन।

त्यस्तै अगुवा माजिद अन्सारीले भने, अराजकता नियन्त्रण हुनुपर्छ तर आन्दोलनकारीलाई अपराधी ठहर्याउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्राको “चौथो खुडकिलो”को रूपमा व्याख्या गरे। उनले भने, हामीले लोकतन्त्र ल्यायौं तर सुशासन र समृद्धिको काम अधुरो छ। अहिलेको पुस्ता त्यो अधुरो सपना पूरा गर्न जिम्मेवार छ।

भट्टराईले नयाँ पुस्तालाई प्रविधि, ज्ञान र समावेशी दृष्टिकोणसहित राजनीतिक पुनरसंरचनामा अग्रसर हुन सुझाव दिए। उनका अनुसार, संविधान आधा भरिएको गिलास हो आधा खाली पनि छ। त्यसलाई पूरा गर्न जेन–जी पुस्ताको जागरण जरुरी छ ।

एमआईटी स्नातक हेम चौधरीले अर्थनीति र नीति निर्माणमा नयाँ पुस्ताको आवाज समेटिनुपर्ने बताए। उनले भने, “राजनीति र प्रविधि अलग विषय होइनन्; यी दुई मिलेर मात्र रोजगार र उत्पादनमुखी अर्थतन्त्र सम्भव हुन्छ।

त्यस्तै अमित खनालले निर्वाचन प्रणालीमा सुधारको माग गर्दै भने, पैसाविना राजनीति गर्न नसकिने व्यवस्था परिवर्तन नभएसम्म युवाको सहभागिता सम्भव छैन।

कार्यक्रमको अन्त्यमा डा. भट्टराईले जेन–जी आन्दोलनलाई नयाँ चेतनाको राजनीतिक रूपान्तरणको अवसरका रूपमा लिँदै, पुरानो संरचनाको सीमाभन्दा बाहिर सोच्न आग्रह गरे।
उनले भने, पुरानो सोचले नयाँ पुस्ताको बाटो रोकेको छ। अबको आन्दोलन ज्ञान, विनम्रता र जिज्ञासाको संगम हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।