जेन–जी आन्दोलनमा टीओबी समूहको प्रवेशबारे प्रहरीको निष्कर्ष सार्वजनिक

टीओबी समूह, जेन–जी आन्दोलन, तेन्जिन दावा लामा, काठमाडौँ प्रहरी, बाइकर्स समूह, अनुसन्धान, आन्दोलन योजना, मोटरसाइकल पड्काउने, भीड उत्तेजित, चिया पसल भेला, लागूऔषध मुद्दा, प्रहरी अनुसन्धान, काठमाडौं प्रदर्शन जेन–जी आन्दोलनका क्रममा मोटरसाइकल पड्काउँदै भीडलाई उत्तेजित गरेको आरोपमा चर्चामा आएको टीओबी समूहको प्रहरीले नियन्त्रणमा लिएका बुलेट बाईकहरु।

मंसिर ८, २०८२।  काठमाडौँ दैनिक संवाददाता

टीओबी समूह, जेन–जी आन्दोलन, तेन्जिन दावा लामा, काठमाडौँ प्रहरी, बाइकर्स समूह, अनुसन्धान, आन्दोलन योजना, मोटरसाइकल पड्काउने, भीड उत्तेजित, चिया पसल भेला, लागूऔषध मुद्दा, प्रहरी अनुसन्धान, काठमाडौं प्रदर्शन
जेन–जी आन्दोलनका क्रममा मोटरसाइकल पड्काउँदै भीडलाई उत्तेजित गरेको आरोपमा चर्चामा आएको टीओबी समूहको प्रहरीले नियन्त्रणमा लिएका बुलेट बाईकहरु।

काठमाडौ – काठमाडौँमा गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मोटरसाइकल पड्काउँदै भीडलाई उत्तेजित गरेको आरोपमा चर्चामा आएको टीओबी समूहबारे प्रहरीले अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको छ। प्रहरीले समूहका सदस्यहरूमध्ये तेन्जिन दावा लामाबाहेक अन्य सदस्यहरू तिब्बतसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार समूह १० जुन २०२४ मा बाइकर्स समूहका रूपमा स्थापना भएको देखिएको छ। यसमा ५७ जना सदस्य रहेको र समूहको लोगो तथा डिजाइन तेन्जिनले तयार पारेको पनि अनुसन्धानबाट खुलेको छ। उनका अनुसार समूहको पूरा नाम ‘द ओरिजिनल ब्रदर्स’ रहेको भए पनि तेन्जिनले आफ्नो ज्याकेटमा ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखिएको कारण आफू तिब्बती मूलको भएको अभिव्यक्ति दिएका छन्।

प्रहरीले तेन्जिनको साथबाट सोही लेखिएको ६ वटा ज्याकेट पनि बरामद गरेको छ। सामाजिक सञ्जालमा समूह ‘द ओरिजिनल ब्रदर्स’ नामले परिचित रहे पनि प्रहरीले आफ्नो दृष्टिकोणमा उक्त चिन्ह तिब्बतीयन मूलसँग जोडिएको देखिएको बताएको छ।

प्रहरीका अनुसार समूहका सदस्यहरू नेपाली र्‍यापर सुरेन्द्र गुरुङबाट प्रभावित भई ‘हाकिम’ लेखिएको टिसर्ट प्रयोग गरेको बयान दिएका छन्। लोगोमा प्रयोग गरिएका ड्रागन, फूल र हाकिम शब्दको कुनै तात्विक अर्थ नभएको प्रहरीको दाबी छ।

चिया पसलबाट योजना

प्रदर्शनको एक दिनअघि समूहले आन्दोलनमा सहभागी हुने योजना चिया पसलमा बसेर बनाएको प्रहरीले जनाएको छ। २३ भदौका दिन गोपीकृष्ण हल नजिक ‘चिया बस्ती’ नामक चिया पसलमा टीओबीका सदस्यहरूले भेला भई त्यसपछि मोटरसाइकलमा समूहगत रूपमा आन्दोलनतर्फ गएको प्रमाण प्रहरीले पाएको छ।

करिब दिउँसो १२ बजे बिजुलीबजार पुलमा समूहले बाइक पड्काउँदै नारा जुलुससहित भीडलाई उत्तेजित गरेको प्रहरीको भनाइ छ। त्यस क्रममा ‘मेरो देश मलाई फिर्ता चाहियो’ जस्ता नारा लगाइएको बताइएको छ। सो दिन तेन्जिनको टाउकोमा चोट लागेको पनि पुष्टि भएको छ।

प्रहरीले १३ वटा बुलेट र १ वटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको जानकारी दिएको छ।

टीओबी समूह, जेन–जी आन्दोलन, तेन्जिन दावा लामा, काठमाडौँ प्रहरी, बाइकर्स समूह, अनुसन्धान, आन्दोलन योजना, मोटरसाइकल पड्काउने, भीड उत्तेजित, चिया पसल भेला, लागूऔषध मुद्दा, प्रहरी अनुसन्धान, काठमाडौं प्रदर्शन

तेन्जिनविरुद्ध तीन मुद्दा

समूहले ७ सय रुपैयाँमा टिसर्ट खरिद गरी १ हजारमा बिक्री गर्दै नाफाबाट गतिविधि सञ्चालन गरेको पनि सार्वजनिक भएको छ। समूहले उपत्यकाभित्र शनिबार र बाहिर लगभग ६ महिनामा लामो दूरीको बाइक यात्रा गर्ने गरेको प्रहरीको भनाइ छ।

तेन्जिनलाई प्रहरी हिरासतमा लिएपछि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो। साथै लिखत, नागरिकता, राहदानीसम्बन्धी मुद्दा र गाँजा बरामदसम्बन्धी लागूऔषध मुद्दामा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।