जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ युवालाई सरकारले शहीद घोषणा गर्‍यो

जेन-जी आन्दोलन, शहीद घोषणा, नेपाल सरकार, गृह मन्त्रालय, मन्त्रिपरिषद निर्णय, जगदीश खरेल, Gen Z Movement Nepal, Martyr List Nepal, Nepal Political Protest 2082, Youth Martyrs 2082

जेन-जी आन्दोलन, शहीद घोषणा, नेपाल सरकार, गृह मन्त्रालय, मन्त्रिपरिषद निर्णय, जगदीश खरेल, Gen Z Movement Nepal, Martyr List Nepal, Nepal Political Protest 2082, Youth Martyrs 2082

कार्तिक १८, २०८२।  उपसना पौडेल 

काठमाडौं – नेपाल सरकारले हालैको ‘जेन–जी आन्दोलन’का क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको नामावली सार्वजनिक गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शहीद परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउने प्रक्रिया गृह मन्त्रालयमार्फत अघि बढाइने जानकारी दिएका छन्।

शहीद घोषणा गरिएका युवाहरूको सूची:

मन्त्रालयद्वारा सार्वजनिक सूचीअनुसार देशका विभिन्न ४५ जिल्ला र स्थानीय तहका युवाहरू आन्दोलनका क्रममा ज्यान गुमाएका थिए।
तीमध्ये केही नाम यसप्रकार छन्

क्र.सं. नाम, थर ठेगाना

१ बुद्धिबहादुर तामाङ कीर्तिपुर–२, काठमाडौं
२ सन्तोष विश्वकर्मा बेलका–४, उदयपुर
३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१, बाँके
४ श्रीयम चौलागाई बेलबारी–११, मोरङ
५ ईस्वत बहादुर अधिकारी का.म.पा–११, काठमाडौं
६ आयुष थापा नेपालगञ्ज–१, बाँके
७ गौरब जोशी धनगढी–५, कैलाली
८ योग बहादुर श्रेष्ठ बारविसे–६, सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान–४, अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट–५, गोरखा
११ असहाव आलम ठकुराई विरगंज–१२, पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ–४, बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना–७, बझाङ
१४ रसिक खतिवडा खत्री पनौती–१०, काभ्रे
१५ बिनोद महर्जन ललितपुर–७, ललितपुर
१६ दिल नारायण तामाङ तिमाल–७, काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर–१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा नगरपालिका–६, सुनसरी
१९ मोहन सरदार इटहरी–१४, सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास–२, धनकुटा
২১ ओझन बुढा स्वामिकार्तिक खापर–२, बाजुरा
२२ साजन राई धरान–२२, सुनसरी
२३ अनिश पराजुली पालुङटार–३, गोरखा
२४ सारकुमार राई चौदन्डीगढी–३, उदयपुर
२५ अर्जुन भट्ट गण्डकी–४, गोरखा
२६ धिरज श्रेष्ठ तादी–३, नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी–५, सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ–३, संखुवासभा
३० निखिता गौतम कालिका–८, चितवन
३१ अभिषेक चौलागाई शैलुङ–४, दोलखा
३२ बिजय चौधरी लहान–१५, सिरहा
३३ भिम राज धामी दुर्गाथली–१, बझाङ
३४ निरज पन्त दशरथ–६, बैतडी
३५ दीपक सिंह साउद शिवनाथ–२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी–१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा–११, झापा
३८ दिनेश राजवंशी अर्जुनधारा–४, झापा
३९ कमल भण्डारी हिलिहाङ–२, पाँचथर
४० दिपेश सुनुवार तिनपाटन–६, सिन्धुली
४१ महेश बुढाथोकी विगु–३, दोलखा
४२ लच्छुमान राई पञ्चकन्या–२, नुवाकोट
४३ मिलन राय दुधौली–८, सिन्धुली
४४ अमृत गुरुङ रुपा–५, कास्की
४५ उत्तम थापा लेकाम–३, दार्चुला लगायतका युवाहरु रहेका थिए ।

जेन-जी आन्दोलन, शहीद घोषणा, नेपाल सरकार, गृह मन्त्रालय, मन्त्रिपरिषद निर्णय, जगदीश खरेल, Gen Z Movement Nepal, Martyr List Nepal, Nepal Political Protest 2082, Youth Martyrs 2082

मन्त्री खरेलका भने,राज्यले आफ्ना नागरिकको बलिदान बिर्सने छैन। ज्यान गुमाएका युवाहरूले लोकतान्त्रिक अभिव्यक्तिको अधिकारका लागि इतिहासमा योगदान दिएका छन्।

भदौ २३ र २४ गते देशका विभिन्न शहरहरूमा जेन–जी आन्दोलनका क्रममा प्रदर्शन चर्किएको थियो।
सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडपमा धेरै घाइते भएका थिए जसमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको थियो।

सरकारले घटनापछि छानबिन समिति गठन गरेर मृतकहरूको अवस्था, पहिचान र जिम्मेवारी निर्धारण गर्ने काम अघि बढाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।