एजेन्सी- साउन ८ – स्पेन युइएफए महिला युरो २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। निर्धारित ९० मिनेटको गोलरहित खेलपछि अतिरिक्त समयमा ऐताना बोनमाटीले गरेको गोल निर्णायक सावित भयो। स्पेनले सेमिफाइनलमा जर्मनीलाई १–० ले पराजित गर्दै इतिहासमा पहिलोपटक महिला युरोको फाइनल यात्रा तय गरेको हो।
खेलको ११३औं मिनेटमा दुई पटककी बलन डि’ओर विजेता बोनमाटीले जर्मन गोलकिपर एन-क्याट्रिन बर्गरलाई छक्याउँदै निर्णायक गोल गरिन्।
जर्मनीले खेलको अन्तिम क्षणहरूमा बराबरी गोल गर्न कडा प्रयास गर्यो। तर स्पेनकी गोलकिपर काटा कोलले लिया शुलरको शट उत्कृष्ट ढंगले रोक्दै टोलीलाई फाइनलसम्म पुर्याइन्।
अब स्पेनले उपाधिका लागि इंग्ल्यान्डसँग भिड्नेछ। सन् २०२३ को फिफा महिला विश्वकपको फाइनलमा पनि यी दुई टोली आमने–सामने भएका थिए। उक्त खेलमा स्पेनले ओल्गा कार्मोनाको पहिलो हाफको गोलमार्फत इंग्ल्यान्डलाई १–० ले हराएको थियो।
ऐताना बोनमाटीको ११३औं मिनेटमा निर्णायक गोल
स्पेन पहिलोपटक युरो महिला फाइनलमा
खेलको निर्धारित समय गोलरहित बराबरी
गोलकिपर काटा कोलको निर्णायक बचाउ
स्पेनले प्रतियोगिताभर उत्कृष्ट बल नियन्त्रण देखाउँदै फाइनल यात्रा तय गरेको हो। जर्मनीले पनि राम्रो प्रदर्शन गरेपनि गोलको अभावमा उपाधि यात्राबाट बाहिरिएको छ।