जनकपुर बोल्ट्सको ‘फेस अफ द बोल्ट्स’ पुन: पूजा महतो

पूजा महतो, जनकपुर बोल्ट्स, फेस अफ द बोल्ट्स, नेपाल प्रिमियर लिग, NPL Nepal, महिला क्रिकेट नेपाल, Janakpur Bolts News, Imran Tahir Nepal, Shivnarine Chanderpaul Coach, Wayan Parnell NPL, Nepal Cricket 2025

कार्तिक २३, २०८२।  राज नेपाली

नेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो फेरि ‘फेस अफ द बोल्ट्स’

पूजा महतो, जनकपुर बोल्ट्स, फेस अफ द बोल्ट्स, नेपाल प्रिमियर लिग, NPL Nepal, महिला क्रिकेट नेपाल, Janakpur Bolts News, Imran Tahir Nepal, Shivnarine Chanderpaul Coach, Wayan Parnell NPL, Nepal Cricket 2025

काठमाडौं – नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले फेरि पनि ‘फेस अफ द बोल्ट्स’का रूपमा निरन्तरता दिएको छ।

आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा जनकपुर बोल्ट्सले पूजालाई दोस्रो संस्करणका लागि पुनः ‘फेस अफ द बोल्ट्स’को रूपमा घोषणा गरेको हो। उक्त अवसरमा टोलीको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा बोल्दै पूजाले भनिन्, जनकपुर बोल्ट्सको सम्पूर्ण टिमलाई मलाई फेरि फेस अफ बोल्ट्स बनाएकोमा धन्यवाद। म यस सहकार्यमा निकै खुशी छु। अघिल्लो पटक टिम च्याम्पियन बनेको थियो, यो पटक पनि त्यसै सफलता दोहोरियोस् भन्ने चाहना छ।

कार्यक्रममा जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा, नेपाल लुब ओयल लिमिटेडका एमडी करण चौधरी र पूजाले संयुक्त रूपमा नयाँ जर्सी सार्वजनिक गरे।

जनकपुर बोल्ट्सले यसअघि विदेशी खेलाडीका रूपमा लाहिरु मिलान्थालाई निरन्तरता दिइसकेको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिरलाई अनुबन्ध गरेको छ। टोलीका मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका दिग्गज क्रिकेटर शिवनराइन चन्द्रपल रहेका छन्।

जनकपुर बोल्ट्सले पहिलो संस्करणमै उत्कृष्ट प्रदर्शन गर्दै टिमको पहिचान बलियो बनाएको थियो। यसपटक पनि बोल्ट्सले देश-विदेशका उत्कृष्ट खेलाडीहरूसँग मिलेर उपाधिको लक्ष्य राखेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।