Headlines

च्याम्पियन्स लिगमा नेपाली क्लब हेल्प नेपालले कास्य पदक जित्यो

हेल्प नेपाल, च्याम्पियन्स लिग २०२५, नेपाली भलिबल क्लब, काभा मेन्स च्याम्पियन्स लिग, कास्य पदक, पुलिस क्लब श्रीलंका, नेपाल भलिबल, help nepal bronze medal, volleyball nepal, CAVA champions league

हेल्प नेपाल, च्याम्पियन्स लिग २०२५, नेपाली भलिबल क्लब, काभा मेन्स च्याम्पियन्स लिग, कास्य पदक, पुलिस क्लब श्रीलंका, नेपाल भलिबल, help nepal bronze medal, volleyball nepal, CAVA champions league

काठमाडौं, श्रावण ७ – नेपाली भलिबल क्लब टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब ले माल्दिभ्समा सम्पन्न काभा मेन्स च्याम्पियन्स लिग २०२५ मा कास्य पदक (तेस्रो स्थान) जित्न सफल भएको छ। श्रीलंकाको पुलिस क्लबलाई ३–१ को सेट अन्तरले पराजित गर्दै हेल्प नेपालले ऐतिहासिक सफलता हात पारेको हो।

तेस्रो स्थानका लागि बुधबार सम्पन्न खेलमा हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१५ को स्पष्ट अन्तरले जितेको थियो। तेस्रो सेट २०–२५ ले गुमाए पनि चौथो सेटमा २५–२३ को नतिजा निकाल्दै ब्रान्ज मेडल पक्का गरेको हो।

यस प्रतियोगिता सेन्ट्रल एसियन भलिबल एसोसिएसन (CAVA) द्वारा आयोजित हो। यसमा CAVA का सदस्य राष्ट्रहरूको लिग च्याम्पियन तथा आयोजक देशको उपविजेता समेत गरी ६ टोलीको सहभागिता रहेको थियो।

५ खेलमध्ये ४ मा विजयी हुँदै हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो। यो हेल्प नेपालको यो दोस्रो सहभागिता हो। अघिल्लो संस्करणमा स्वदेशमै आयोजना भएको प्रतियोगितामा रजत पदक (दोस्रो स्थान) जितेको थियो।

यो जितसँगै नेपाली भलिबल क्लबले अन्तर्राष्ट्रिय स्तरमा पुनः आफ्नो उपस्थिति बलियो बनाएको छ। नेपालका लागि यो उपलब्धि खेल विकास, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र अनुभव बटुल्न महत्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *