चालु आर्थिक वर्षमा करिब ३ अर्बको आईपीओ जारी

new ipo sebon

मंसिर ५, २०८२।   काठमाडौ दैनिक संवाददाता

new ipo sebon

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा पछिल्लो महिनादेखि आईपीओ स्वीकृतिका लागि आवेदन दिने कम्पनीहरूको भीड बढ्दै गए पनि स्वीकृति पाउने संख्या भने निकै न्यून देखिएको छ। चालु आर्थिक वर्षको चार महिनामा जम्मा चारवटा कम्पनीले मात्र आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेका छन्।

बोर्डका तथ्यांक अनुसार हालसम्म करीब ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन स्वीकृत भएको छ। सागर डिस्टिलरी, श्रीनगर एग्रीटेक र एस–वाइ प्यानलको आईपीओ जारी भइसकेको छ भने सोलु हाइड्रोपावरको आईपीओ निष्काशन बाँकी छ।

यता बोर्डमा स्वीकृतिको प्रतिक्षामा रहेका कम्पनीहरूको संख्या ८१ पुगेको छ। यी कम्पनीहरूले समग्रमा ५३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको आईपीओ प्रस्ताव बुझाएका छन्। पाइपलाइनमा रहेका कम्पनीमध्ये ३८ वटा हाइड्रोपावर कम्पनी मात्रै छन्, जसको कुल मूल्य १६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रहेको छ।

त्यसपछि उद्योग/उत्पादन तथा प्रसोधन समूहका १९ कम्पनीको २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा छ, जुन क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो हो। अन्य समूह, होटल–पर्यटन, इन्भेष्टमेन्ट र माइक्रो–इन्स्योरेन्स क्षेत्रका कम्पनी पनि ठूलो संख्यामा स्वीकृतिको प्रतिक्षामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

Himalayan Energy IPO, Citizens Capital, IPO Nepal, Kalinchok Hydropower, Share Market Nepal, Hydropower IPO Nepal, सार्वजनिक निष्काशन

काठमाडौ – हिमालयन इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। मंगलबार दुवै कम्पनीबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

१० लाख कित्ता आईपीओ जारी गर्ने तयारी

२०८१ असोज ११ मा सम्पन्न कम्पनीको साधारण सभाले चुक्ता पूँजी ५० करोड रुपैयाँ (५० लाख कित्ता) कायम गर्दै, त्यसको २० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार सार्वजनिक निष्काशन प्रक्रिया व्यवस्थापन, आवेदन संकलनदेखि सेयर बाँडफाँडसम्मका सम्पूर्ण कार्य अब सिटिजन्स क्यापिटलले गर्नेछ।

हिमालयन इनर्जी लिमिटेडले दोलखा जिल्लाको कालिन्चोक- १, थामी गाउँमा ३ मेगावाट क्षमताको ‘कालिन्चोक जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ। आयोजना निर्माण अन्तिम चरणमा पुगेको र आगामी वर्षभित्रै राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोड्ने लक्ष्य कम्पनीले तय गरेको छ।

कम्पनीका अनुसार, कालिन्चोक आयोजनापछि पनि ऊर्जा तथा पूर्वाधार क्षेत्रमा थप परियोजना विकास गर्ने योजना अघि बढाइएको छ। कम्पनीले भविष्यमा ऊर्जा उत्पादन क्षमताको दिगो विस्तार गर्दै सम्भावित जलविद्युत तथा ऊर्जा परियोजनामा लगानी गर्दै राष्ट्रिय विद्युत प्रणालीमा योगदान वृद्धि गर्ने जस्ता रणनीतिमा फोकस गर्ने जनाएको छ ।