Headlines

खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीतिको संकेत

“खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीति संकेत

 

असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता

मध्यपूर्व – विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले ‘उज्यालो नेपाल’अभियान लिएर मध्यपूर्व देशहरुको भ्रमणमा रहेका छन्। उनको यो भ्रमण साधारण भ्रमणभन्दा धेरै फरक देखिन्छ ।

घिसिङको यो अभियान राजनीतिक संकेत, जनसंपर्क सुदृढीकरण र सम्भावित निर्वाचनको पूर्वतयारीको रूपमा विश्लेषण गर्न थालिएको छ। बहराइनमा आयोजित संयुक्त अभिनन्दन कार्यक्रममा घिसिङलेखाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीतिको संकेत नेपाली समुदायसामु तीनवटा महत्त्वपूर्ण सन्देश दिएको छन्। जसले नेपाली राजनीति, नेतृत्वप्रति जनविश्वास र प्रवासी नेपालीहरूको भूमिकालाई खोतल्ने प्रयास गरेको छ।

१. सम्मान गर्नेहरूलाई अपमान, अपमानित गर्नेहरूलाई सम्मान, यस्तो देश कसरी बनाउने ?

कार्यक्रममा घिसिङको पहिलो सन्देश नेपाली समाजमा बढ्दो मूल्यविहीन राजनीतिक अभ्यासप्रति लक्षित थियो। उनले भने नेपालमा जसलाई सम्मान गर्नुपर्ने हो उसलाई अपमान गरिन्छ। जसलाई कारबाही गर्नुपर्ने हो उसैको सम्मान हुन्छ भन्ने संस्कार बनाइँदैछ। उनले यो प्रवृत्तिलाई खतरनाक भन्दै प्रश्न गरे यस्तो सोच र प्रवृत्तिले कसरी देश बनाउने ?

उनको यो भनाइ केवल वैचारिक आलोचना थिएन यसमा आफ्नै विगतको तितो अनुभव पनि जोडिएको थियो। कार्यकाल सकिनु ४ महिना बाँकी रहँदै सरकारले उनलाई पदमुक्त गरेको विषयलाई उनले फेरि स्मरण गरे, राज्यले एउटा सम्मानपूर्वक बिदाइ गर्छ जस्तो लागेको थियो तर चार महिनाअगाडि बर्खास्त गरियो।

हरेक महिना स्पष्टीकरण सोध्ने नियत के थियो ? उनको कुरा केवल व्यक्तिगत पीडाभन्दा पनि नेपाली समुदायको लागी संदेश थियो । मेरो जस्तै अपमानको कथा तपाईंहरूको पनि हुन सक्छ।

२. नेपाललाई आशा चाहिएको छ, लिडरसीप होइन

दोस्रो सन्देश थियो, नेपालका नेताले जनतामा आशा जगाउन सकेनन्। उनले वर्तमान लिडरसीप प्रणालीमाथि कटाक्ष गर्दै समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानमा नागरिकहरूको सहभागिता आवश्यक रहेको औँल्याए।

“अब उज्यालो अभियान भन्नाले केवल विद्युत् मात्र होइन आत्मविश्वास र आर्थिक आत्मनिर्भरता हो” उनले स्पष्ट पारे। नेपालमा बालेन साह, हर्क साम्पाङ, गोपाल हमालजस्ता नेतृत्वहरूले आशा देखाएको भए पनि तिनले भोगेको अवरोध र चुनौतीले सिंगो राज्य प्रणालीप्रति प्रश्न उठाएको उनले संकेत गरे।

कुलमानको अभिव्यक्ति राजनीतिमा निराश युवालाई झक्झक्याउने प्रयास थियो “अब डेलिभरीको राजनीति हुनुपर्छ, भाषणको होइन।

३. साथ दिनुस्, म तयार छु, राजनीतिक मैदानमा होमिने संकेत ?

तेस्रो सन्देश सबभन्दा महत्वपूर्ण थियो, म उज्यालो अभियान लिएर अघि बढ्न तयार छु, तपाईंहरूको साथ चाहिएको छ भन्दै उनले खुला अपील गरे। यति भनेपछि बहराइनमा उपस्थित नेपाली समुदायले तालीमा उनको आह्वानलाई स्वागत गरेका थिए।

यही वाक्यले संकेत गर्छ घिसिङ अब जनसरोकारका मुद्दा लिएर औपचारिक रूपमा राजनीति प्रवेश गर्ने तयारीमा छन्। नेपालमा रुपन्देही-३ बाट उम्मेदवारी दिने चर्चा त पहिले नै चलिरहेको छतर अबको भ्रमणले त्यो संकेतलाई पुष्टि गर्न थालेको देखिन्छ।

प्रवासी नेपालीसँग घनिष्ठ सम्बन्ध: नयाँ शैलीको राजनीति?

कुलमानको अभियान विशेषत प्रवासी नेपाली लक्षित छ। उनले दुबई, कतार, मलेसिया लगायतका देशहरूमा पनि पुग्ने कार्यक्रम बनाएका छन्, जहाँ लाखौं नेपाली युवाहरू कार्यरत छन्। यी युवाहरू चुनावमा प्रत्यक्ष मतदाता नहुन सक्छन्, तर सामाजिक प्रभाव, सूचना सञ्जाल र आर्थिक योगदानमा उनीहरूको भूमिका निर्णायक छ।

यसले देखाउँछ घिसिङको राजनीतिक रणनीति पुराना पार्टीहरूको भन्दा पृथक हुनेछ। उनी जनप्रेममा आधारित, प्रवासी नेपाली समर्थनयुक्त र सेवा-आधारित राजनीति गर्न चाहन्छन् भन्ने आभास दिएको छ ।

राजनीतिको नयाँ ‘लाइटहाउस’ बन्न सक्लान् कुलमान?

‘उज्यालो नेपाल’ केवल पावर कटबाट मुक्ति दिने योजना थिएन, त्यो एउटा मानसिक अवस्था थियो।
देशमा केही गर्न सक्छ भन्ने आत्मबलको निर्माण।
त्यही आत्मबल अब घिसिङ राजनीतिको उज्यालोमा लैजान चाहन्छन्।

तर सवाल उठ्छ के नेपालमा जनताले व्यवहारिक नेतृत्वलाई रोज्ने आँट गर्नेछन्? कि पुरानै अनुहारहरू फेरि सत्ता र सत्तामा पुनःस्थापित हुनेछन् ? यो प्रश्नको उत्तर आगामी उपनिर्वाचन र जनताको प्रतिक्रिया मार्फत आउनेछ। तर एउटा कुरा स्पष्ट छ कुलमान घिसिङ अब ‘विद्युत् मात्रै होइन, विचार’ लिएर जनतामाझ पुगिसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *