काठमाडौं,साउन ५ – कोरियामा आयोजित दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले ७ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।
कोरियाको सिओङनाम शहरमा सम्पन्न ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै ५ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका हुन्।
स्वर्ण पदक विजेता:
सीता तामाङ र प्रेम बहादुर लिम्बु (४० वर्ष समूह):
इन्डिभिजुअल र पेयर इभेन्ट दुवैमा स्वर्ण जित्दै डबल स्वर्ण पदक विजेता बने।
रमिला तामाङ (३० वर्ष समूह):
इन्डिभिजुअल पुम्से इभेन्टमा स्वर्ण जितिन्।
जित बहादुर बोट र अञ्जन चौधरी (४० वर्ष समूह):
पेयर इभेन्टमा स्वर्ण जिते।अन्य पदक:
जित बहादुर बोट: इन्डिभिजुअल इभेन्टमा रजत
अञ्जन चौधरी: इन्डिभिजुअल इभेन्टमा कास्ययसैगरी अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता “पार्क चुंग-ही कप ओपन” मा पनि नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।
अश्मिन राउत र निशा दर्नाल (३० वर्ष समूह):
इन्डिभिजुअल इभेन्ट मा दुवैले स्वर्ण,
पेयर इभेन्ट मा रजत पदक जिते।
नेपाल बाट ५ खेलाडीहरुको सहभागिता रहेको अवस्थामा यति ठूलो सफलता हासिल गर्नु नेपाली तेक्वान्दोको लागि उल्लेखनीय उपलब्धि हो। प्रशिक्षक, खेलाडी र व्यवस्थापक सबैको समर्पण र मेहनतले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ ।
“यो स्वर्ण जित्नु केवल व्यक्तिगत सफलताको कुरा होइन यो सम्पूर्ण नेपाली खेलकुदको जित हो, स्वर्ण पदक विजेता रमिला तामाङ भन्छिन्, कोरियन खेलाडीहरूलाई उनीहरूको देशमै पराजित गर्नु गर्वको विषय हो ।