कक्षा १२ को नतिजा सार्वजनिक : १३ हजारभन्दा बढीले ल्याए ३.६१ “GPA” जीपीए

कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

साउन १९, २०८२।

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा नियमिततर्फ सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि हो।

बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेड प्राप्त गर्न सफल भएका छन् भने १ लाख ५३ हजार ८८२ जना ‘नन-ग्रेडेड’ (NG) भएका छन्।

यस वर्षको नतिजामा १३ हजार ५०२ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए बीचको उत्कृष्ट ग्रेड ल्याएका छन्। यस्तै, सबैभन्दा बढी ९४ हजार २६८ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेका छन्।

नतिजाअनुसार अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी नन-ग्रेडेड भएका छन्। यस विषयमा ६६ हजार २७५ विद्यार्थीले ग्रेड हासिल गर्न सकेनन्। त्यस्तै, लेखा विषयमा ४१ हजार २६३, सामाजिक अध्ययनमा ३३ हजार ९२१ र अनिवार्य नेपालीमा २८ हजार ३५६ विद्यार्थी नन-ग्रेडेड भएका छन्।

आंशिकतर्फ परीक्षा दिएका १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० (३६.४९ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। बाँकी अधिकांश विद्यार्थी नन-ग्रेडेड सूचिमा परेका छन्।

कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

बोर्डले नतिजा सुधार हुनुमा प्रश्नपत्रको नयाँ ढाँचा, शिक्षकलाई दिइएको तालिम र उत्तरपुस्तिका परीक्षणमा अपनाइएको स्तरीकृत प्रणालीको मुख्य योगदान रहेको जनाएको छ। बोर्ड अध्यक्षका अनुसार नयाँ पाठ्यक्रमअनुसार ज्ञान, बोध, प्रयोग र उच्च दक्षता जाँच्ने गरी प्रश्नपत्र निर्माण गरिएको थियो, जसले विद्यार्थीलाई उत्तर दिन सजिलो भएको र मूल्यांकन पनि पारदर्शी ढंगले गर्न सकिएको हो।

‘नन-ग्रेडेड’ भएका विद्यार्थीका लागि बोर्डले ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति पनि सार्वजनिक गरिसकेको छ। आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ।

तुर्कमिनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका छन्। उनले लेखेका छन्, “बधाई नानीबाबुहरू! तपाईंहरुको मेहनत सफल भयो। अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।