Headlines

एसीसी यु–१६, इन्डोनेसियाविरुद्ध नेपालको उत्कृष्ट खेल

मलेसियामा नेपाल र इन्डाेनिसियाको भिडन्त, लक्ष्य तर्फ बढ्दै

काठमाडौं, असार १५, २०८२ । प्रयास लामा

मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप। क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै इन्डोनेसियाविरुद्धको खेलमा सशक्त सुरुआत गरेको छ।

आइतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबको मैदानमा सम्पन्न तेस्रो खेलमा नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको नेपालले त्यसलाई भरपुर सदुपयोग गर्ने बताएको छ ।

नेपाल र इन्डोनेसियाबीचको  आजको खेल महत्वपूर्ण मात्र नभई निर्णायक मानिएको छ । यसअघि लगातार दुई जित दर्ता गरेको नेपाली टोलीका लागि यो खेल सेमिफाइनल प्रवेशका दृष्टिले अति नै महत्वपूर्ण छ ।

टस इन्डोनेसियाले जितेपछि नेपाललाई पहिले ब्याटिङको निम्तो दिइएको थियो। तर नेपाली युवा टोलीले खेलको दिशा आफ्नो पक्षमा पार्न खासै समय लगाएन।

नेपालका लागि ओपनर प्रशिद्ध जैसीले शानदार प्रदर्शन गरे। ९९ बलमा १५ चौका प्रहार गर्दै उनले शतक पुरा गरे र टोलीको स्कोरलाई शिखरसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका छन्।

नेपालले निर्धारित ३० ओभरमा २ विकेट गुमाएर २६६ रनको लक्ष्य बनाएको छ । यहि प्रदर्शनले नेपाली टोलीको आत्मविश्वास थप उचो बनाएको छ। इन्डोनेसियाविरुद्धको यो नतिजा केवल सेमिफाइनल सुनिश्चित गर्ने अवसर मात्रै होईन यो नेपालका भविष्यका खेलाडीहरूको आत्मबलको परीक्षण पनि हो ।

नेपाल, जापान, भुटान, इन्डोनेसिया र सिंगापुर रहेको समूह ‘ए’ मा हालसम्म नेपालको स्थिति बलियो देखिएको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा जापानमाथि ९ विकेटको सानदार जित हात पारेको थियो।

सिंगापुरले चार खेल खेलिसकेको छ भने नेपालले तीन मात्रै खेलेको छ। दुईवटा स्पष्ट जित र तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनपछि अब नेपालले अन्तिम समूह चरणको खेल भुटानसँग खेल्नेछ। यो खेलमा पनि जित हात पार्न सके नेपाल समूह विजेता बन्ने निश्चितजस्तै छ।

इन्डोनेसियाको दृष्टिकोणले हेर्दा यो खेल निकै चुनौतीपूर्ण थियो। पहिलो खेलमा सिंगापुरसँग पराजित भएको टोलीले दोस्रो खेलमा भुटानलाई हराएर लय फर्काएको थियो। तर नेपालजस्तो बलियो टोलीसँग सामना गर्नु उनीहरूका लागि सजिलो भने छैन ।

समूह ‘बी’ मा आयोजक मलेसिया, थाइल्याण्ड, म्यानमार, हङकङ र माल्दिभ्स छन्। यी टोलीहरू पनि आ–आफ्नो समूह चरणको अन्तिम तयारीमा जुटेका छन्।

एसियाली क्रिकेट परिषद् (एसीसी) अन्तर्गत आयोजना गरिने यु–१६ इस्ट जोन कप एक महत्त्वपूर्ण विकास प्रतियोगिता हो।

यो प्रतियोगिता नेपालका युवा खेलाडीहरूको प्रतिभा देखाउने सुनौलो अवसर बन्ने गरेको छ । नेपाल यसअघि यस प्रतियोगिताको तीनवटै संस्करणमा च्याम्पियन रहेको छ। त्यसैले नेपाल यस वर्ष पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

नेपाल यु–१६ टोलीका प्रशिक्षक र व्यवस्थापकहरूको विश्वास टोलीको निरन्तर प्रदर्शनमा झल्किएको छ। खेलाडीहरूको अनुशासन, मैदानमा देखिएको समन्वय र दबाबको घडीमा गरिएको निर्णय निकै सकारात्मक छ।

खासगरी ओपनिङ जोडी, मध्यक्रमको संयमित खेल र बलरहरूको अनुशासित रणनीति नेपालको बलियो पक्ष बनेको छ।
सामाजिक सञ्जालहरूमा नेपाली समर्थकहरूको प्रतिक्रिया उत्साहजनक देखिएको छ। प्रशिद्ध जैसीको शतकपछि उनको नाम #प्रशिद्ध_पावर ट्रेन्डमा परेको छ। नेपाल क्रिकेटको भविष्य भनेर धेरैले यि युवा खेलाडीको प्रशंसा गरेका छन्।

नेपाल क्रिकेट संघले पनि तत्काल ट्वीट गर्दै टोलीको प्रदर्शनलाई बधाई दिएको छ।

नेपालले अब अन्तिम समूह चरणको खेल भुटानसँग खेल्नेछ। भुटानको टोली हालसम्म बलियो प्रतिद्वन्द्वी साबित नभएकाले नेपालले सो खेल जित्ने अपेक्षा गरिएको छ।

यदि भुटानसंगको खेल जित हात पार्न सफल भयो भने नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ।
सेमिफाइनल ३ जुलाईमा र फाइनल खेल असार २१ गते अर्थात् जुलाई ५ मा हुनेछ।

यस्ता प्रतियोगिताहरूले भविष्यका राष्ट्रिय टोली निर्माणमा सशक्त योगदान पुर्याउने गरेका छन्। नेपालले यु–१९ र सीनियर टोलीमा स्थान बनाएका धेरै खेलाडी यस्ता यु–१६ प्रतियोगिताबाटै आएका हुन्।

अहिलेका लागि युवा टोलीको यो लय कायम रहनु र लगातार जितको शृङ्खला बनाउनु राष्ट्रिय क्रिकेटको भविष्यका लागि सकारात्मक पक्ष हो ।

यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झन्डा बोकेर खेल्ने युवाहरूले केवल खेल मात्र नभई देशको प्रतिष्ठा बोकेको हुन्छ। यो जिम्मेवारी उनीहरूले ससम्मान निर्वाह गरिरहेका छन्।

जुनसुकै टोलीको विरुद्ध पनि आत्मबलका साथ मैदान उत्रिनु, अनुशासन कायम राख्नु र सहकार्यमा विश्वास गर्नु टोलीका प्रमुख विशेषता हुन्।

नेपालको यु–१६ टोलीले अहिले सम्मको प्रदर्शनले सेमिफाइनलको बाटो तय पारिसकेको छ। अब बाँकी रहेको खेलहरूमा यो लय कायम राख्दै उपाधिको यात्रा सुनिश्चित गर्नुपर्ने छ।

इतिहास दोहोर्याउने अवसर नेपाली खेलाडीहरूसँग छ, बस् अब थप आत्मबल, धैर्यता र निरन्तरता चाहिन्छ।
#नेपाल क्रिकेटको भविष्य अझ उज्यालो देखिने संकेतहरू मलेसियाको मैदानबाट प्रष्टै देखिन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *