Headlines

एमसीसी “MCC” लाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

Mcc. एमसीसी नेपाल, अमेरिकी सहायता, एमसीसी परियोजना, एमसीए नेपाल, अमेरिकी दूतावास, विद्युत प्रसारण लाइन, सडक सुधार नेपाल, मिलेनियम च्यालेन्ज कर्पोरेसन, नेपाल अमेरिका सम्बन्ध, एमसीसी अपडेट २०८२

Mcc. एमसीसी नेपाल, अमेरिकी सहायता, एमसीसी परियोजना, एमसीए नेपाल, अमेरिकी दूतावास, विद्युत प्रसारण लाइन, सडक सुधार नेपाल, मिलेनियम च्यालेन्ज कर्पोरेसन, नेपाल अमेरिका सम्बन्ध, एमसीसी अपडेट २०८२

काठमाडौं, साउन १२ – अमेरिकी सरकारले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई निरन्तरता दिने निर्णय गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिए अनुसार अमेरिकी वैदेशिक सहायता समीक्षाले एमसीसी सम्झौताका परियोजनाहरूलाई अवरोधरहित रूपमा अगाडि बढाउन सिफारिस गरेको हो।

अमेरिकाको उक्त निर्णयसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्वाध रूपमा कार्यक्रम सञ्चालनको बाटो खुलेको छ।

दूतावासले भनेको छ, ५० करोड अमेरिकी डलर बराबरको एमसीसी अनुदान र नेपाल सरकारको १९.७ करोड डलरको योगदानले नेपालको विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जालको सुधारमा सहयोग पुग्नेछ। यसले समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ।

विद्युत प्रसारण लाइनको विस्तारले राष्ट्रिय ऊर्जा नीति र निर्यात योजनालाई गति दिनेछ।
सडक सञ्जालको सुधारले व्यापार, यात्रा तथा आर्थिक प्रवाहमा सहजता ल्याउनेछ।
नेपाल र अमेरिकाबीचको विकास साझेदारीलाई मजबुत बनाउने सम्भावना।

यस निर्णयलाई पछिल्लो समय नेपालभित्र एमसीसीसम्बन्धी देखिएका विवाद र असमझदारीका सन्दर्भमा निकै सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

चनौली विद्युत् कटौती, चितवन लोडसेडिङ, नेपाल विद्युत् प्राधिकरण, भरतपुर सबस्टेशन, ६ घण्टा लोडसेडिङ, विद्युत् समस्या चितवन

नेपाल र अमेरिकी सरकारबीच भएको एमसीसी सम्झौता धेरै समयदेखि विवादास्पद बन्दै आएको थियो। विभिन्न राजनीतिक दल, नागरिक समूह र विज्ञहरूले यसबारे विभिन्न कोणबाट बहस चलाउँदै आएका थिए। तर सरकारी निर्णय र अहिलेको अमेरिकी सन्देशले परियोजना पुनः गतिमा आउने अपेक्षा गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *