Headlines

एभरेष्ट महिला भलिबल लिग महिलाहरूका लागि नयाँ सम्भावना

एभरेष्ट महिला भलिबल लिग, महिला खेलकुद नेपाल, महिला भलिबल, स्नेभी चापागाईं, शुभेक्षा खड्का, ईडब्लुभिएल २०२५, महिला सशक्तिकरण खेलकुद, नेपाली महिला खेलाडी, महिला अक्सनियर, फ्रेन्चाइज लिग नेपाल

एभरेष्ट महिला भलिबल लिग, महिला खेलकुद नेपाल, महिला भलिबल, स्नेभी चापागाईं, शुभेक्षा खड्का, ईडब्लुभिएल २०२५, महिला सशक्तिकरण खेलकुद, नेपाली महिला खेलाडी, महिला अक्सनियर, फ्रेन्चाइज लिग नेपाल

काठमाडौं, साउन ११ – नेपालको खेलकुद क्षेत्रले महिलाको सशक्तिकरणमा ऐतिहासिक पाइला चालेको छ। वात्सल्य समूहको आयोजनामा सुरु गरिएको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) ले नेपाली महिलाहरूका लागि रोजगारी, नेतृत्व र सशक्तिकरणको नयाँ ढोका खोलिदिएको छ।

यस लिगको पहिलो संस्करणले १०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ। यो संख्या आगामी दोस्रो संस्करणमा अझ वृद्धि हुने आयोजकको भनाइ छ। लिगकी प्रमुख कार्यकारी अधिकृत (CEO) स्नेभी चापागाईं नेपालकै पहिलो महिला खेलकुद लिग प्रमुख भएकी छन् भने शुभेक्षा खड्का इडब्लुभिएलको पहिलो महिला अक्सनियरका रूपमा उदाएकी छन्।

पहिलो पटक फ्रेन्चाइज मोडेलमा सञ्चालित इडब्लुभिएलले गत वर्षदेखि नेपाली महिला भलिबलको व्यावसायिक संरचनामा प्रवेश गराएको हो। पहिलो संस्करणमा ६ टिमले सहभागिता जनाएका थिए, जसमा कर्णाली यश्विस अपराजित रहँदै च्याम्पियन बनेको थियो।

दोस्रो संस्करण भदौ अन्तिमतिर आयोजना हुने तयारीमा छ। यसपटक पनि ६ टिमले प्रतिस्पर्धा गर्नेछन्, जहाँ प्रत्येक टिममा १२ खेलाडी (९ नेपाली र ३ विदेशी) हुनेछन्। टिम गठनमा ट्यालेन्ट हन्ट कार्यक्रममार्फत नयाँ प्रतिभाको खोजी गरिनेछ।

एभरेष्ट महिला भलिबल लिग, महिला खेलकुद नेपाल, महिला भलिबल, स्नेभी चापागाईं, शुभेक्षा खड्का, ईडब्लुभिएल २०२५, महिला सशक्तिकरण खेलकुद, नेपाली महिला खेलाडी, महिला अक्सनियर, फ्रेन्चाइज लिग नेपाल

ईडब्लुभिएल केवल खेलाडीका लागि मात्र होइन, खेलकुद प्रशासन, मिडिया, प्राविधिक र व्यवस्थापन क्षेत्रमा समेत महिलालाई अग्रपंक्तिमा ल्याउने कार्यमा अग्रसर छ। सिइओ चापागाईंका अनुसार पहिलो संस्करणमा ७२ महिला खेलाडी, १५ व्यवस्थापक, १० मिडिया कर्मी र ५ प्राविधिक क्षेत्रका महिलालाई अवसर दिइएको थियो।

‘अब पालो महिलाको’ – नारालाई सार्थकता

ईडब्लुभिएलको अभियान ‘#अबपालोमहिलाको’ नाराले अब महिलाहरू खेलकुदको हरेक तहमा नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिएको छ। महिला अक्सनियर, महिला सिइओ र अन्य प्राविधिक भूमिकामा महिलाको उपस्थिति देखिनु नेपाली खेल इतिहासमै पहिलो हो।

विश्वभर नै खेल क्षेत्रमा महिलाको नेतृत्व न्यून छ भने दक्षिण एशियामा त झन् न्यून उपस्थिति छ। तर इडब्लुभिएलले नेपाली महिला खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने भरपर्दो काम गरिरहेको छ। यही प्रयासले गर्दा नेपाल मात्र नभई समग्र दक्षिण एशियामा महिला खेलकुदमा नवीन मोडलका रूपमा इडब्लुभिएलले स्थान बनाउँदै गएको छ।

नेपाली महिला राष्ट्रिय टोलीले पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रदर्शन गर्दै आफ्नो परिचय स्थापित गरिसकेको छ। दीर्घकालीन विकासका लागि आवश्यक संरचना र व्यावसायिकता अभावमा थियो। इन्फिनिटी ड्रीम्स प्रालिले लिग सुरु गरेर त्यसको भरपाई गर्ने प्रयत्न गरेको छ।

एभरेष्ट महिला भलिबल लिग नेपाली महिलाको आत्मविश्वास, क्षमता र सम्भावनाको प्रतिबिम्ब हो। यसको प्रभाव आगामी पुस्ताका लागि प्रेरणादायी हुने निश्चित छ। महिला भलिबलले पाएको यो व्यावसायिकता र संस्थागत स्वरूपले सम्पूर्ण खेलकुद क्षेत्रलाई समावेशी र समानताको दिशामा अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *