काठमाडौं, साउन ७ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्व कप्तान पारस खड्काले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणलाई ‘पूर्ण सरप्राइजले भरिएको’ भन्दै विशेष योजनाबारे संकेत गरेका छन्। उनले आगामी संस्करणमा दर्शक, खेलाडी र विज्ञ सबैका लागि चकित बनाउने प्राविधिक प्रयोग र कार्यक्रमहरू समावेश गरिने बताएका छन्।
“सिजन–२ फरक हुने छ”
पारस खड्काले दिएको अन्तर्वार्तामा भने यस पटकको NPL सिजन–२ पहिलेको भन्दा एकदमै फरक हुने छ। हामी केही त्यस्ता तत्वहरू समावेश गर्दैछौं, जुन नेपाली क्रिकेटमा अहिलेसम्म प्रयोग भएका थिएनन्। उनले थपे,यो संस्करण पूरै सरप्राइजले भरिएको हुनेछ। हामीले दर्शकलाई मैदान मात्रा होइन घरमै पनि नयाँ अनुभव दिनेछौं।
खड्काले डिजिटल र प्राविधिक पक्षमा उल्लेखनीय प्रयोग हुने बताएका छन्।
डीआरएस प्रणाली (DRS) को प्रयोग गरिने योजना रहेको छ।
भर्चुअल रियालिटी (VR) प्रविधिबाट दर्शकले टिभी वा मोबाइलमार्फत खेल हेर्दा ‘मैदानको अनुभूति’ गर्न सक्नेछन्।
स्पीड गणना प्रणाली, छक्काको दूरी मापन, फ्लडलाइट अन्तर्गतको रात्री खेल लगायतका नयाँ प्रयोगलाई प्राथमिकता दिइनेछ।
सिजन–२ को खेल तालिका र अक्सनको मिति चाँडै घोषणा गरिने क्यानले जनाएको छ। गत सिजनको सफलताको आधारमा यो संस्करणलाई अझ व्यवस्थित, प्राविधिक र रोमाञ्चक बनाउने तयारी भइरहेको पारस खड्काले जानकारी दिएका छन्।
यस संस्करणमार्फत नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मापदण्ड नजिक लैजान र घरेलु खेलाडीलाई प्रोत्साहन गर्न सकिने अपेक्षा गरिएको छ। यो केवल लिग होइन, नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने प्रयास हो, पारसको भनाइ छ।महासचिव खड्काको घोषणाले नेपाली क्रिकेटमा नयाँ उचाइ ल्याउने आशा गरिएको छ। NPL सिजन–२ का खेलहरू केवल खेल मात्र नभएर प्रविधि र मनोरञ्जनको संगम हुने संकेत दिइएको छ।