एनपीएल हेर्न ५ सयदेखि २ हजारसम्म तिर्नुपर्ने, सिजनभरका लागि पास १५ हजारमा

NPL ticket price, Nepal Premier League 2025, त्रिवि क्रिकेट मैदान, कीर्तिपुर क्रिकेट, क्यान, NPL season pass, Nepal Cricket, Kathmandu Gorkhas vs Janakpur Bolts, Nepali cricket news

कार्तिक २७, २०८२।   राज नेपाली

NPL ticket price, Nepal Premier League 2025, त्रिवि क्रिकेट मैदान, कीर्तिपुर क्रिकेट, क्यान, NPL season pass, Nepal Cricket, Kathmandu Gorkhas vs Janakpur Bolts, Nepali cricket news

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य सार्वजनिक गरेको छ। कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा मंसिर १ देखि २७ गतेसम्म हुने प्रतियोगिता हेर्न दर्शकले ५ सयदेखि २ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ।

क्यानका अनुसार पहिलो चरणमा पहिला ६ दिनका खेलका लागि टिकट बिक्री खुला गरिएको छ। टिकट खल्ती र आईएमई एपमार्फत खरिद गर्न सकिनेछ।

उद्घाटन र शनिबारका खेलका लागि साधारण टिकट ५ सय रुपैयाँ र प्रिमियम टिकट १५ सय रुपैयाँ तोकिएको छ। अन्य समूह चरणका खेलमा साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ पर्नेछ।

त्यस्तै, प्लेअफ र फाइनलका खेलका लागि साधारण टिकट १ हजार र प्रिमियम टिकट २ हजार रुपैयाँ हुनेछ।

लिगका सबै खेल हेर्न चाहने दर्शकका लागि सिजन पास १५ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

यसपटकको एनपीएल मंसिर १ गते उद्घाटन खेलबाट सुरु हुनेछ, जहाँ साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। खेल दिउँसो ४ बजे सुरु हुने जनाइएको छ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा देशका उत्कृष्ट क्लबहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा खेल हो । दर्शकको संख्या र वातावरणका हिसाबले यो लिग नेपाली क्रिकेटको सर्वाधिक भव्य प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।