एनपीएल प्रसारण टेन्डरमा पटक–पटक मापदण्ड हेरफेर : नेपाली टेलिभिजनहरूको विरोध

#NPL2025 #NepalCricket #CAN #BroadcastRights #StarSports #NepaliMedia #SportsNews

कार्तिक २७, २०८२।  प्रयास लामा

#NPL2025 #NepalCricket #CAN #BroadcastRights #StarSports #NepaliMedia #SportsNews

काठमाडौँ – आगामी मंसिर १ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण अधिकारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टेन्डर प्रक्रियामा पटक–पटक मापदण्ड परिवर्तन गरेपछि नेपाली टेलिभिजन प्रसारकहरूले विरोध जनाएका छन्।

क्यानले पहिलो पटक नोभेम्बर ४ मा प्रत्यक्ष प्रसारण र ओटीटी स्ट्रिमिङ अधिकारका लागि टेन्डर सूचना जारी गरेको थियो। तर, त्यसयता समय सीमा र सर्तहरू बारम्बार परिमार्जन हुँदै आएका छन्। बोलपत्र पेश गर्ने अन्तिम म्याद नजिकिँदै गर्दा क्यानले मापदण्ड फेरबदल गर्दै म्याद थप्दै लगिएको हो।

टिभी टुडेका कार्यकारी अध्यक्ष जनकराज पन्तका अनुसार, टेन्डर पेस गर्ने अघिल्लो दिन साँझ क्यानले अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको प्रसारण अधिकार सर्त परिवर्तन गरी घरेलु वा क्षेत्रीय कार्यक्रमसमेत मान्य हुने व्यवस्था गरेको थियो। उनले भने, क्यानले बोलपत्र पेस गर्नुभन्दा केही घण्टा अघि सर्त बदल्नु अस्वीकार्य र अपारदर्शी कदम हो।

भारतीय टेलिभिजन स्टार स्पोर्ट्सलाई ‘एक्स्क्लुसिभ’ अधिकार दिन लागिएको जानकारी सार्वजनिक भएपछि नेपाली टेलिभिजनहरू असन्तुष्ट भएका छन्। उनीहरूले क्यानले सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लंघन गरेको आरोप लगाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले भने, नेपालमा हुने कार्यक्रमको प्रसारण अधिकार पहिला नेपाली संस्थालाई दिनुपर्छ, विदेशी संस्थालाई होइन।

तर क्यानका प्रवक्ता छुम्बी लामाले भने सबै प्रक्रिया पारदर्शी रूपमा अघि बढाइएको दाबी गरेका छन्। उनका अनुसार, स्टार स्पोर्ट्ससँग प्रक्रिया अघि बढ्दा कानुनी कारणले केही समय थपिएको मात्र हो, कुनै गलत नियत छैन।

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता रामबन्धु सुवेदीले पनि सूचना निकाल्ने निकायले कसैलाई निषेध वा समर्थन नगरी निष्पक्ष रूपमा काम गर्नुपर्ने बताउँदै भनेका छन्, यदि प्रतिस्पर्धा सीमित गर्न खोजिएको प्रमाण भेटिए, अनुसन्धान गरिनेछ।

एनपीएल प्रसारण टेन्डरको अन्तिम निर्णय शनिबार दिउँसो हुने भएको छ। नेपाली टेलिभिजनहरूले भने निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित नभए अख्तियारदेखि अदालतसम्म पुग्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।