एनपीएल दोस्रो सिजनको अक्सन कसरी बन्यो रोमाञ्चक

एनपीएल अक्सन २०२५, आदिल आलम काठमाडौँ गोर्खाज, शरद भेषावकर बिकेन, देव खनाल चितवन राइनोज, अर्जुन साउद चितवन राइनोज, पवन सर्राफ, हेमन्त धामी सुदूरपश्चिम रोयल्स, एनपीएल विदेशी खेलाडी, नेपाल प्रिमियर लिग दोस्रो सिजन, नेपाली क्रिकेट अक्सन

साउन २५, २०८२।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो सिजनका लागि भएको मिनी अक्सन शनिबार रोमाञ्चक माहोलमा सम्पन्न भयो। सहभागी आठवटै फ्रेन्चाइज टोलीले सीमित बजेटभित्र उत्कृष्ट टिम बनाउने रणनीतिका साथ खेलाडी खरिदमा सक्रिय देखिए।

अक्सनको केन्द्रबिन्दु नेपालका अलराउन्डर आदिल आलम बने। गत वर्षको पहिलो सिजनमा स्पट फिक्सिङ प्रकरणका कारण प्रतिबन्ध झेलेका आदिल हालै निर्दोष ठहरिएपछि मैदानमा फर्किएका हुन्। उनलाई आठै टोलीले बोली लगाए पनि लक्की ड्रमार्फत् काठमाडौँ गोर्खाज ले आफ्नो टिममा भित्र्यायो।

एनपीएल अक्सन २०२५, आदिल आलम काठमाडौँ गोर्खाज, शरद भेषावकर बिकेन, देव खनाल चितवन राइनोज, अर्जुन साउद चितवन राइनोज, पवन सर्राफ, हेमन्त धामी सुदूरपश्चिम रोयल्स, एनपीएल विदेशी खेलाडी, नेपाल प्रिमियर लिग दोस्रो सिजन, नेपाली क्रिकेट अक्सन

उच्च मूल्य पाउने खेलाडी
आदिलपछि यू–१९ का पूर्व कप्तान देव खनाल, विकेटकिपर ब्याटर अर्जुन साउद, र अलराउन्डर पवन सर्राफ माथि उच्चतम १५ लाख रुपैयाँको बोली लाग्यो। देव र अर्जुन दुवै चितवन राइनोज मा पुगे भने क्याटेगोरी ‘बी’ का हेमन्त धामी १० लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्स मा आबद्ध भए।

अनसोल्ड चर्चित अनुहारहरू
यस सिजनमा राष्ट्रिय टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर कुनै पनि टिमको रोजाइमा परेनन्। ‘गोल्डेन जेनेरेसन’ का रूपमा चिनिने ३६ वर्षीय भेषावकरलाई गत वर्ष चितवन राइनोजले १० लाखमा भित्र्याएको थियो। त्यसैगरी सुनिल धमला, सन्तोष कार्की, मौसम ढकाल, पृथु बास्कोटा, रित गौतम, कृष्ण कार्की, भुवन कार्की, प्रदीप ऐरी, अनिल खरेल, जितेन्द्र मुखिया र शङ्कर राना पनि यो अक्सनमा बिकेनन्।

एनपीएल अक्सन २०२५, आदिल आलम काठमाडौँ गोर्खाज, शरद भेषावकर बिकेन, देव खनाल चितवन राइनोज, अर्जुन साउद चितवन राइनोज, पवन सर्राफ, हेमन्त धामी सुदूरपश्चिम रोयल्स, एनपीएल विदेशी खेलाडी, नेपाल प्रिमियर लिग दोस्रो सिजन, नेपाली क्रिकेट अक्सन

‘विस लिस्ट’ बाट चयन
अक्सनमा ३७ खेलाडी खरिद हुनुपर्नेमा पहिलो चरणमा २६ मात्र किन्न सकियो। बाँकी ११ खेलाडीहरू ‘विस लिस्ट’ बाट छानिए। यसमा दीपक बोहरा, दुर्गेश गुप्ता, विपिन रावल, मिलन बोहरा, आदिल खान, विपिन आचार्य, रञ्जित कुमार, विकास आग्रा, सर्वन किस्कु, सन्दीप केसी लगायतका नाम परे।

अब ध्यान विदेशी खेलाडीमा
मिनी अक्सन सकिएपछि टोलीहरूको ध्यान अब विदेशी खेलाडी भित्र्याउनतर्फ केन्द्रित भएको छ। पहिलो संस्करणमा शिखर धवन, जिम्मी निशम, सोहेल तनवर, रवि बोपारा, बेन कटिङ, मार्टिन गप्टिल जस्ता नाम खेल्न आएका थिए। यसपालि आईसीसीसँग ‘टेस्ट राष्ट्र’ का खेलाडी संख्यामा रहेको सीमा हटाउन पहल भइसकेको क्यानले जनाएको छ।

एनपीएल अक्सन २०२५, आदिल आलम काठमाडौँ गोर्खाज, शरद भेषावकर बिकेन, देव खनाल चितवन राइनोज, अर्जुन साउद चितवन राइनोज, पवन सर्राफ, हेमन्त धामी सुदूरपश्चिम रोयल्स, एनपीएल विदेशी खेलाडी, नेपाल प्रिमियर लिग दोस्रो सिजन, नेपाली क्रिकेट अक्सन

एनपीएल दोस्रो सिजनको खेल तालिका भने अझै सार्वजनिक भएको छैन। नियमअनुसार एक टोलीले अधिकतम पाँच विदेशी खेलाडी किन्न सक्नेछ र चारजनासम्म मात्र प्लेइङ–११ मा उतार्न पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।