एथलेटिक्स परिवारको वार्षिक साधारण सभामा खेलाडी तथा प्रशिक्षक सम्मानित

एथलेटिक्स परिवार नेपाल, वार्षिक साधारण सभा, खेलाडी सम्मान, प्रशिक्षक सम्मान, राष्ट्रिय एथलेटिक्स मिट, नेपाल रन, मिक्स रिले रन, खेलकुद समाचार, नेपाली एथलेटिक्स

एथलेटिक्स परिवार नेपाल, वार्षिक साधारण सभा, खेलाडी सम्मान, प्रशिक्षक सम्मान, राष्ट्रिय एथलेटिक्स मिट, नेपाल रन, मिक्स रिले रन, खेलकुद समाचार, नेपाली एथलेटिक्स

साउन १९, २०८२।

काठमाडौं – नेपाली एथलेटिक्स खेलको विकास र प्रवर्द्धनमा समर्पित संस्था एथलेटिक्स परिवार, नेपाल को चौथो वार्षिक साधारण सभा तथा वार्षिकोत्सव समारोह भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने संस्थाका सल्लाहकार मोहन नेपाल को सभापतित्वमा सभा सञ्चालन भएको थियो।

संस्थाका अध्यक्ष राजन खत्री ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट प्रस्तुत गरे। महासचिव मन्जु श्रेष्ठको तर्फबाट बाबुराजा श्रेष्ठ ले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम महतले आय-व्यय विवरण पेश गरेका थिए।

समारोहको विशेष आकर्षणको रूपमा एथलेटिक्स खेलमा उत्कृष्ट योगदान दिएका खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको थियो।

एथलेटिक्स परिवार नेपाल, वार्षिक साधारण सभा, खेलाडी सम्मान, प्रशिक्षक सम्मान, राष्ट्रिय एथलेटिक्स मिट, नेपाल रन, मिक्स रिले रन, खेलकुद समाचार, नेपाली एथलेटिक्स

त्रिभुवन आर्मी क्लबका लामो दूरीका धावक खड्कबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपाने, साथै प्रशिक्षक सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई विशेष सम्मान प्रदान गरिएको थियो।

संस्थाले नयाँ वर्षका लागि निम्न कार्यक्रमहरू आयोजना गर्ने घोषणा गरेको छ।

चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट: कात्तिक २७–२९ गते, काठमाडौं
नेपाल रन ५ कि.मि. च्यालेन्ज: असोजदेखि नेपालका पाँच स्थानहरूमा
राष्ट्रिय मिक्स रिले रन: पुस महिनामा काठमाडौंमा

गत आर्थिक वर्षमा एथलेटिक्स परिवारले १४ वटा खेलकुद कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो। आउँदो वर्षमा पनि १० वटा एथलेटिक्स प्रतियोगितामा प्राविधिक साझेदारी गर्ने योजना अध्यक्ष खत्रीले जानकारी दिए।

नेपाली खेलकुदको आधारभूत खेलको रूपमा चिनिएको एथलेटिक्सलाई राष्ट्रियस्तरमा मजबुत बनाउने उद्देश्यले स्थापित एथलेटिक्स परिवार, नेपालले छोटो अवधिमा प्रभावशाली काम गर्दै आएको छ। प्रतिभाशाली खेलाडी र समर्पित प्रशिक्षकहरूको सम्मान तथा नयाँ कार्यक्रमहरूको घोषणाले संस्थाको प्रतिबद्धता स्पष्ट देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।