एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आह्वान साउन २३, २०८२।

nekapa ekikrit samajbadi

nekapa ekikrit samajbadi

साउन २४, २०८२।

काठमाडौँ – एकीकृत समाजवादी पार्टीले आगामी भदौ ८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। पार्टीभित्र देखिएका वैचारिक विवाद र आन्तरिक द्वन्द्व समाधानका लागि यो बैठक बोलाइएको हो।

पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका भने, बैठकमा संगठनको सुदृढीकरण, वडा तहबाट भएका गतिविधिहरूको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तुहरू, वामपन्थी शक्तिहरूबीच एकता, र समान विचारधारा भएका अन्य पार्टीहरूसँग सहकार्यका विषयमा निर्णय गरिने छ।

त्यसैगरी बैठकमा संविधान संशोधनका विषयवस्तुहरू, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित पार्टीले सञ्चालन गरेका अभियानहरूको समीक्षा गरिनेछ। पार्टी नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको पनि मूल्यांकन हुने जनाइएको छ।

केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार र योजनाहरू कार्यान्वयनमा आएका छन् कि छैनन् भनी पनि बैठकमा छलफल हुनेछ। यो बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।